क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

    • स्वास्थ्य पेज

  • ६ श्रावण २०८१, आईतवार

नेपालगन्जः चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो ।

भरतपुर महानगरपालिका–४ कटहर चोकको एक होटलबाट कोइरालालाई पक्राउ गरेको अख्तियारको हेटौंडा कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिनुभयो ।

औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत कोइरालाले घुस मागेको र आइतबार आपूर्तिकर्ताबाट घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेको सूचना अधिकारी गौतमले बताउनुभयो ।

  • ६ श्रावण २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech