नारायण माविका विद्यार्थीहरुको नि:शुल्क मुटु तथा फोक्सो चेकजाँच

    • स्वास्थ्य पेज

  • ५ श्रावण २०८१, शनिबार

नेपालगन्जः नेपालगन्जस्थित नारायण माविका विद्यार्थीहरुको आज मुटु तथा फोक्सोको विशेषज्ञ चिकित्सकद्धारा चेकजाँच गरिएको छ । रोटरी क्लव अफ सेन्ट्रल बाँकेको आयोजना तथा तेजस्वी हर्ट सेन्टर नेपालगन्जको प्राविधिक सहयोगमा ५० जना विद्यार्थीको स्वास्थ्य चेकजाँच गरिएको थियो ।

त्यसक्रममा चार जनामा मुटु सम्वन्धी समस्या देखिएको भेरी अस्पताल नेपालगन्जका मुटु रोग विशेषज्ञ डा. विकास नेपालले जानकारी दिनुभयो । एक जनामा मुटुको प्वाल परेको देखिएको पनि उहाँले बताउनुभयो । तीन जनामा मुटु बाथरोग देखिएको छ । एक जनालाई मेडिसिन चढाइएको छ भने अन्य दुई जनालाई चिकित्सकको निगरानीमा रहन सुझाइएको छ ।

बालबालिकाहरुमा मुटु तथा फोक्सोसँग सम्वन्धी रोगको पहिचान, उपचार र निदानका लागि कार्यक्रम गरिएको क्लवका अध्यक्ष डा.प्रचण्ड गौतमलले बताउनुभयो । तेजस्वी हर्ट सेन्टरमा समेत कार्यरत मुटुरोग विशेषज्ञ डा.नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क रुपमा विशेषज्ञ चिकित्सक सहितको सेवा प्रवाह गरिएको जानकारी दिनुभयो ।

उक्त चेकजाँचमा मेडिकल अधिकृत डा.प्रतिभा चापागाई सहितका चिकित्सक तथा स्वास्थ्यकर्मी खटिएका थिए । यसअघि तेजस्वी हर्ट सेन्टरले युद्ध माविका विद्यार्थीहरुको पनि निशुल्क मुटु चेकजाँच तथा परामर्श सेवा प्रदान गरेको थियो ।

  • ५ श्रावण २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech