स्वास्थ्य मन्त्री पौडेलको ९ बुँदे निर्णयः दुई सिफ्टमा ओपीडी सञ्चालन गर्नेदेखि औषधिको उपलब्धतासम्म

    • स्वास्थ्य पेज

  • ५ श्रावण २०८१, शनिबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गर्नुभएको छ। मन्त्री पौडेलले मन्त्रालय र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि देशभरका संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको सेवा प्रभावकारी बनाउने ९ बुँदे निर्णय गर्नुभएको हो ।

उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार नै अस्पताल र प्रतिष्ठानहरुमा परिपत्र गरेको छ। बिहीबार मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा भएको छलफलपछि भएको निर्णय अनुसार नै मन्त्रालयले शुक्रबार ९ बुँदे परिपत्र जारी गरेको हो। परिपत्रमा मन्त्रालयको नीति योजना तथा महाशाखा प्रमुख डा कृष्ण पौडेलको हस्ताक्षर रहेको छ।

‘मन्त्रीको समुपस्थितिमा यस मन्त्रालयमा संघीय अस्पताल प्रमुखहरुज्यूको मिति २०८१/०४/०३ मा बसेको भएको बैठकमा छलफल भई अस्पतालमा सेवाग्राहीहरुको भीड व्यवस्थापन गरी समयमै सेवा प्रवाह गर्नका लागि निम्न बमोजिम निर्णय भएको हुँदा सोको यथाशिघ्र कार्यान्वयनका लागि ताहाँ पठाईएको व्यहोरा अनुरोध छ,’ अस्पतालहरुमा पठाइएको पत्रमा भनिएको छ।

पत्रको पहिलो नम्बर बुँदामा सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने विषय उल्लेख छ।यस्तै विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम विस्तारित अस्पताल सेवा लागू गर्न पनि पत्रमा भनिएको छ। प्राप्त सुझावका कार्यविधि परिमार्जन गरिने विषय पनि निर्णयमा उल्लेख छ।

Hospital_paripatra1.jpgHospital_paripatra2.jpg

  • ५ श्रावण २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech