लम्पी स्किन : किसानले पाएनन् अर्बौंको क्षतिपूर्ति

    • स्वास्थ्य पेज

  • ४ श्रावण २०८१, शुक्रबार

काठमाडौं : गत साल लम्पी स्किनको माहामारीबाट अर्बौंको क्षति बेहोरेका किसानले अहिलेसम्म पनि राहत पाउन सकेका छैनन् । नेपाल पशु चिकित्सा परिषद्ले महामारी भइरहेकै बेलामा गरेको अध्ययनले यो महामारीबाट किसानको करिब ९० अर्ब बराबरको क्षति हुनसक्ने प्रक्षेपण गरेको थियो ।

तर, यो महामारीबाट किसानले कति क्षति बोहोरे भन्नेबारे राज्यसँग न एकिन तथ्यांक छ, न त एक रुपैयाँ क्षतिपूर्ति बापत प्रदान गरिएको छ । पशु सेवा विभागका अनुसार गत वर्ष १५ लाखभन्दा धेरै गाईभैँसीमा लम्पी स्किन रोग देखा पर्‍यो, जसमध्ये ६५ हजारभन्दा धेरै मरे ।

मन्त्रालयले क्षतिको विवरण संकलन गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई जिम्मा दिएको थियो । तर, नार्कले अहिलेसम्म तथ्यांक संकलन गर्न सकेको छैन ।

गोठ रित्तिएको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म किसानलाई एक रुपैयाँ पनि राहत रकम उपलब्ध गराउन सरकारले सकेको छैन । कृषि मन्त्रालयका अनुसार पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनेबारे अर्थ मन्त्रालयमा पत्र पठाइएको छ ।

तर, अर्थ मन्त्रालयले बजेट स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजान नसक्दा किसानले क्षतिपूर्ति पाउन ढिलाइ भएको कृषि मन्त्रालयको भनाइ छ ।

  • ४ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech