माला र खादा होइन स्वास्थ्य क्षेत्र सुधारका सुझाव दिनुहोस् : स्वास्थ्यमन्त्री पौडेल

    • स्वास्थ्य पेज

  • ३१ असार २०८१, सोमबार

नेपालगन्ज: नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शुभकामना दिँदा माला, खादा नभइ स्वास्थ्य क्षेत्र सुधारका सुझाव दिन आग्रह गर्नु भएको छ।

सोमबार मन्त्रीको सपथ लिएपछि उहाँले यस्तो आग्रह गर्नु भएको हो।

‘बधाई दिन आउनु हुने सम्पूर्ण प्रति मेरो सम्मान छ। यहाँहरुको सल्लाह सुझाव मैले विभिन्न रूपबाट लिने नै छु।’ उहाँले भन्नुभयो, शुभकामना दिन आउनुहुने सबैमा माला, खादा, उपहार जस्ता चीजहरु नल्याइदिनु हुन  सबीनय अनुरोध गर्दछु। स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक थप सहयोग सल्लाह र सुझावको अपेक्षा गर्दछु।’

यसैगरी उहाँले नयाँ जिम्मेवारी प्राप्त भएको छ र यस अवसरलाई नतिजा मुखी बनाउन  सम्पूर्ण ऊर्जा लगाएर काम गर्ने बताउनुभयो ।

 

  • ३१ असार २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech