गर्भवतीको हेलिकोप्टरबाट उद्धार

    • स्वास्थ्य पेज

  • २९ असार २०८१, शनिबार

हुम्ला: आज सुत्केरी बेथा लागेका एक जना गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सुत्केरी बेथाले च्यापेपछि शुक्रबार राति हुम्लामा लौँठी स्वास्थ्य चौकी ल्याइएको भए पनि स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकिने स्वास्थ्यकर्मीले भनेपछि गर्भवतीलाई प्रदेश अस्पतालमा लगिएको हो ।

लौँठी स्वास्थ्य चौकीका संयोजक नवीन भण्डाराले अदानचुली गाउँपालिका –६ को लौँठी गाउँकी ३१ वर्षीया लक्ष्मी बुढालाई सुत्केरी बेथा लागेको अवस्थामा स्वास्थ्य चौकीको प्रसूति गृहमा ल्याएको भए पनि अवस्था जटिल देखिएको कारण सुत्केरी गराउन नसकिने भएपछि प्रदेश अस्पताल सुर्खेतमा हेलिकोप्टरबाट उद्धार गरिएको बताउनुभयो ।

बेथाले च्यापेको अवस्थामा गर्भवती बुढालाई स्वास्थ्य चौकीमा ल्याएको भए पनि सुत्केरी गराउन नसकिने भएको र अवस्था जटिल बन्दै गएपछि स्वास्थ्यकर्मीको सिफारिसमा जिल्ला बाहिर रिफर गरिएको उहाँले बताउनुभयो ।

यसका लागि सहजीकरण स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले गरेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताउनुभयो । हेलिकोप्टरले उद्धार गरेको भाडा भने राष्ट्रपति महिला उत्थान कार्यक्रमले बेहोर्नेछ ।

  • २९ असार २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech