कस्मेटिक गाइनेकोलोजी भनेको के हो ?

कस्मेटिक स्त्री रोग विज्ञानको उद्देश्य दृष्टिकोण वा प्रक्रियामा सुधार गर्नको लागि हो । धेरै अवस्थामा दुवै लक्ष्यहरु एक साथ पुरा हुन्छन् । यी सर्जिकल तथा नन–सर्जिकल प्रक्रियाहरुले सुधार गर्न सकिन्छ ।


    • स्वास्थ्य पेज

  • २७ असार २०८१, बिहीबार

कस्मेटकि गाइनेकोलोजस्टि डा. गहना गुरुङ केसी र सुब्रिना राजभण्डारी

समय वित्दै जाँदा उमेर, गर्भावशसथा र बच्चा जन्माउने जस्ता घटनाहरुले योनीको आन्तरिक र बाह्य संरचनालाई असर गर्न सक्छ । जसले गर्दा यसको स्वरुप र उत्तेजनाप्रति शारीरिक प्रतिक्रिया दुवैमा परिवर्तन हुन्छ । कस्मेटिक स्त्री रोग विज्ञानको उद्देश्य दृष्टिकोण वा प्रक्रियामा सुधार गर्नको लागि हो । धेरै अवस्थामा दुवै लक्ष्यहरु एक साथ पुरा हुन्छन् । यी सर्जिकल तथा नन–सर्जिकल प्रक्रियाहरुले सुधार गर्न सकिन्छ । यी सबै उपचार र शल्यक्रिया गरेर एकैदिनमा घर फर्कन सकिन्छ । यो सबै उपचार १८ देखि ७० बर्षको उमेरका महिलाहरुले गर्न सक्छन् ।

कस्मेटिक गाइनेकोलोजी भनेको के हो ?

कस्मेटिक भनेको सुन्दर हुने वा अरुलाई आकर्षित पार्ने मात्र होइन, आफ्नो शरीरको अङ्गसँग लिएर उनीहरू कत्तिको सहज महसुस गर्न सक्छन् त ? अधिकांश महिला अझै पनि यौनका विषयमा खुलेर बोल्न सक्दैनन् । त्यसैले उनीहरू मानसिक रूपमा कमजोर हुन्छन् । यी समस्याबाट छुटकारा पाउन कस्मेटिक गाइनेकोलोजी एक सरल माध्यम हो । किनभने हरेक महिलाले गुणस्तरीय जीवन जिउन पाउनु उनीहरूको नैसर्गिक अधिकार हो ।

किन गर्ने ?

हरेक महिलाले जीवनमा एकपटक बच्चा जन्माउँछन् र उनको उमेर ढल्कदै जान्छ । कहिलेकाहीँ दुर्घटना भएर गोप्य अङ्गमा चोटपटक लाग्न सक्छ । मेनापज (महिनावारी सुक्ने) पछि महिलामा एस्ट्रोजन हर्मोनको मात्रा घट्छ । त्यसपछि योनि सुख्खा हुने, योनिबाट गन्हाउने पानी बग्ने, पोल्ने, चिलाउने, खोक्दा वा हाच्छ्युँ आउँदा पिसाब चुहिने समस्या धेरैमा देखिन सक्छ । कतिपय महिलामा यौन सम्पर्कका बेला पीडा हुने, यौनसम्पर्क गर्न मन नलाग्ने, पाठेघरको मुख खुल्ला भएजस्तो, हावा गएजस्तो महसुस हुन्छ ।

भजाइनोप्लास्टी

बच्चा जन्माइसकेपछि योनीमा आघात पुग्छ र महिलाहरुले योनी ढिलापन र यौन सन्तुष्टिको कमीको गुनासो गर्छन् । महिनावारी सुक्नुअघि र सुकेपछि महिलाहरुले पनि यस समस्या महसुस गरिएको पाइएको देखिन्छ । यस शल्यक्रियाबाट योनीलाई साँघुरो बनाइन्छ जसले यौन सन्तुष्टिमा पनि मद्धत पुर्‍याउँछ । शल्यक्रिया पछि पुर्ण रुपमा निको हुन ६ हप्ता लाग्छ ।

लेभियोप्लास्टी

विचित्रको आकारको लेभिया माइनोराले कयौं महिलाहरुलाई फिटिङ कपडा लगाउँदा असहज महसुस गर्ने, स्विम सुट लगाउन नमिल्ने, महिनावारी हुँदा असहज महसुस हुने, यौन सम्पर्कको बेला असहज हुने, शारीरिक गतिविकी गर्दा समस्या आउने हुँदा आत्मविश्वास र मनोबैज्ञानिक प्रभाव पारेको हुन्छ ।

लेभिया माइनोराकोआकार मिलाई महिलाको शारीरिक र मनोवैज्ञानिक र यौन अवस्थाहरु सुधार गर्न मद्धत गर्ने शल्यक्रियालाई लेभियाप्लाष्टी भनिन्छ ।

हाइमेनो प्लास्टी

यो हाइमिन पुनर्निर्माण गर्ने प्रक्रिया हो । विभिन्न कारणले झिल्ली क्षतिग्रस्त भएको हुनसक्छ । यसमा शल्यक्रियाद्वारा पुनर्निर्माण गर्न सकिन्छ ।

क्लिटोरल हुड रिडक्सन

यौन सन्तुष्टि सुधार गर्न र भल्भाको सौन्दर्य रुप परिवर्वन गर्नको लागि गरिने शल्यक्रिया हो ।

पिआरपी

पिआरपी (प्लेटलेट रिच प्लाज्मा) भनेको उपचार गराउन आउने महिलाको रगतबाट त्यसबाट पिआरपी छुट्याइन्छ । त्यसलाई योनिमा सुईको माध्यमबाट दिइन्छ । यसले कामोत्तेजनाको कमी हुँदा, योनिको सुख्खापन, चिलाउने, पोल्ने, पीडादायी यौनसम्पर्क हुने, योनि संक्रमण, यौनसम्पर्क गर्न मन नलाग्ने, बारम्बार पिसाबको संक्रमण हुने, पिसाब चुहिने समस्याका लागि फाइदाजनक मानिन्छ ।

लेजर

महिनावारी सुक्नुअघि र सुकेपछि महिलाहरुमा एस्ट्रोजन हर्मोनको कमीको कारण योनीमा ढिलापन आउने, खुकुलो पन, योनी सुख्खापन हुने, चिलाउने, खोक्दा हाँच्छ्यु गर्दा पिसाब चुहिने, पिसाब रोक्न नसक्ने जस्ता समस्या देखिन्छ । यस्तो समस्याबाट छुटकारा पाउन एकदमै प्रभावकारी उपचार लेजर थेरापी हो । ४ देखि ६ हप्ताको ग्यापमा ३ पटक गराइन्छ ।

लेजरद्धारा थप समस्याहरु जस्तै यौन संक्रमण, खुकुलोपन जस्ता समस्याहरुको उपचारको लागि लेजर थेरापी लाभलायक मानिन्छ ।

बोटक्स

भजाइनसमस (योनिको संकुचन) जसमा महिलाहरू यौन सम्पर्क राख्न डराउनु, महिनावारीको समयमा टेम्पोन, मिन्सुरल कप प्रयोग गर्न डराउनु, भजाइनल एक्जामिनेसन गर्न डराउनु मुख्य लक्षण हुन् । यसो हुनको मुख्य कारण भनेको इन्भोल्नुटरी कन्ट्राक्सन अफ पेल्भिक मसल्स हो । यो समस्याबाट छुटकारा पाउन बोटक्स गरिन्छ ।

फिलर

कसै–कसैको उमेर ढल्कदै जाँदा वा दुब्लो भएको कारण लेभिया मेजोराको भाग सुकेर चाउरी परेर जान्छ । जसमा फिलरद्धारा लिभिया मेजोराको छालामा भोल्युम र सपोर्ट थप्छ ।

इन्टिमेट लाइटिङ

यौनाङको कुनै पनि प्रकृति तथा रोगको कारण छाला कालो र हाइपरपिग्मेन्टसन भएको छ भने केमिकल पिलिङ वा लेजरद्धारा फिक्का गर्न सकिन्छ ।

  • २७ असार २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech