नेपालगन्जः संक्रामक रोगको सूचीमा ५२ रोगलाई सूचीकृत गरिएको छ। उक्त सूचीमा क्यु फिवर, लासा फिवर र रिफ्ट भ्याली फिवर पनि समेटिएका छन्।
सरकारले राजपत्रमा प्रकाशित गर्दै उक्त रोगहरु सूचीकृत गरेको हो। जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ का आधारमा संक्रामक रोगको सूची तयार पारिएको हो। तयार पारेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।