मानव सेवा आश्रममा स्वास्थ्य चेकजाँच

    • स्वास्थ्य पेज

  • २२ असार २०८१, शनिबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका–१० आर्दशन नगरस्थित मानव सेवा आश्रममा आश्रित व्यक्तिहरुलाई लक्षित गरेर स्वास्थ्य चेकजाँच कार्यक्रम गरिएको छ। लायन्स क्लब अफ नेपालगन्ज जीवनको आयोजनामा आश्रित व्यक्तिहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै, परामर्श तथा उपचार सेवा प्रदान गरिएको क्लवका अध्यक्ष जीवन शर्माले जानकारी दिनुभयो ।

आश्रममा आश्रित अधिकांशमा मानसिक समस्या रहेको पाइएको छ । विभिन्न कारणले आश्रमसम्म पुग्ने अवस्थामा पुगेका उनीहरुलाई भेरी अस्पतालका मानसिक रोग विशेषज्ञ डा.प्रदीप रेग्मीले परामर्श सेवा प्रदान गर्नुभएको थियो ।

त्यसैगरी छाला रोग विशेषज्ञ डा.अस्मिता गौतम र जनरल फिजिसियन डा.उमेश ढुंगानाले अन्य स्वास्थ्य परामर्श तथा उपचार सेवा प्रदान गर्नुभएको थियो । आश्रममा रहेका व्यक्तिहरुको रगत परीक्षणका लागि क्वेष्ट प्याथोलोजी तथा अपुग मेडिसिनमा नेपाल फर्मास्युटिकलले सहयोग गरेको अध्यक्ष शर्माले बताउनुभयो ।

आश्रममै आएर आश्रित व्यक्तिहरुको स्वास्थ्य चेकजाँच, परामर्श तथा उपचारमा सहयोग गरेको भन्दै चिकित्सक तथा क्लवलाई आश्रम प्रमुख उर्विन सापकोटाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

  • २२ असार २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech