५० क्षयरोगीलाई पोषण सामाग्री वितरण

    • स्वास्थ्य पेज

  • ११ असार २०८१, मंगलवार

नेपालगन्जः विराट नेपाल मेडिकल ट्रस्टद्धारा संचालिल नरिस (ल्ग्इच्क्ष्क्ज्) परियोजनले बाँकेमा ५० जना क्षयरोगीका बिरामीलाई पोषण सामाग्री वितरण गरेको छ ।

६ महिनासम्म चलेको उक्त परियोजनाले नेपालगन्ज उपमहानगरपालिकाका २०, कोहलपुर नगरपालिकाका १७, जानकी गाउँपालिकाका ९ र खजुरा गाउँपालिकाका ४ जना क्षयरोगीका बिरामीलाई पोषणा सामाग्री वितरण गरिएको परियोजनाका जिल्ला संयोजक दिपेन्द्र पाण्डेले बताउनुभयो । ६ महिनासम्म उक्त प्याकेज प्रत्येक महिना नियमित रुपमा वितरण गरिएको हो ।

नेपालगन्जमा आयोजित परियोजनाको समिक्षा र सामाजिक लेखा परीक्षण कार्यक्रममा उहाँले टिबी फ्री नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका लगायतका बिरामीलाई पोषण सामाग्री वितरण गरिएको जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका, विपन्न, गरीव तथा असक्तहरु रोगीहरुलाई पोषण सामाग्री वितरण गरिएको हो । बिरामीहरुलाई चामल २५ किलो, दाल १ किलो, तेल १ लिटर, बदाम साढे १ किलो, आटा १ किलो, अण्डा १ क्यारेट, स्वायबिन १ किलोको प्याकेज तयार गरि चार हजार मूल्य बराबरको प्याकेज वितरण गरिएको उहाँले बताउनुभयो ।

यस्तै ५ वर्ष मुनिका बालबालिकाको हकमा भने सर्बोत्तम पिठोसमेत दिने गरिएको गरिएको छ । कुपोषित बालबालिका तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरु क्षयरोगको जोखिममा पर्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । बाँकेमा क्षयरोगको उच्च जोखिममा पर्छ ।

क्षयरोगका बिरामीहरुले नियमित औषधि सेवन गरे यो रोगबाट निको भइन्छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा डट्स सेन्टरमा क्षयरोगीले औषधि खानुपर्ने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगतबहादुर शाहीले जानकारी दिनुभयो । कार्यक्रममा सम्वद्ध विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।

  • ११ असार २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech