नेपालगन्जः बाँकेको कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१ -८२ का लागि १ अर्व बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा आजदेखि सुरु भएको कोहलपुर नगर सभाको १५ औं अधिवेशनमा नगर उपप्रमुख संगिता सुवेदीले १ अर्व ५ करोड ९ लाख २७ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गर्नुभएको हो ।
कोहलपुरको नीति तथा कार्यक्रममा स्वास्थ्यका विषयहरु
१-आधारभुत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्दै स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाइनेछ ।
२- कोहलपुर नगर अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नति गर्न प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरिनेछ ।
३- स्वास्थ्य बिमा कार्यक्रमममा सबैको सहज पहुँच सुनिश्चित गरी स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउन नेपालगञ्ज मेडिकल कलेजको समन्वयमा कोहलपुर नगर अस्पतालबाटै स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
४- मानव स्वास्थ्यलाई मध्यनजर गर्दै महामारी तथा सरुवारोग नियन्त्रण, बंशाणुगत रोगको निदान र दीर्घरोगीलाई सहयोग गर्ने नीति लिइनेछ।सिकलसेल एनिमियालगायतका रोगलाई निःशुल्क र नियमित स्वास्थ्य परिक्षणगरी सेवा प्रदान गरिनुका साथै रोगीलाई पुनर्स्थापनाका कार्यक्रम ल्याइनेछ।
५- जनावरको टोकाइबाट हुने रोगको उपचार व्यवस्था गरिनेछ।साथै रेबिज रोगको निशुल्क उपचार एवं नेपाली सेनासँगको समन्वयमा सर्पदंश उपचारकेन्द्रबाट हुने उपचारमा सहजता ल्याईनेछ।
६-नगरवासीहरुका लागि हाल उपलब्ध गराउँदै आएकोएम्बुलेन्ससेवा,निःशुल्क ब्लडबैंक सेवा,चिकित्सकिय सेवाका अतिरिक्त शव वाहन खरिद गरी प्रयोगमा ल्याइनेछ ।
७- कोहलपुर नगरपालिकाको प्रतिबद्धता स् मर्यादित महिनावारी र स्वच्छता अन्तर्गत किशोरीहरुको स्वास्थ्य सुरक्षाका लागि नगरपालिका भित्रका सबै विद्यालयहरुमा निशुल्क स्यानिटरी प्याड वितरण र विसर्जनको समेत उचित प्रबन्ध दिलाउन प्रोत्साहन गरिनेछ ।
८-गर्भवती महिला बालबालिका तथा किशोरकिशोरीको पोषणस्थितिमा सुधार ल्याउन बहुक्षेत्रीय पोषण कार्यक्रमलाई विभिन्न सरोकारवाला संस्थाहरु समेतसँगको सहकार्यमा कोहलपुर नगरपालिकाभित्रका कार्यक्रमहरुमा मूलप्रवाहीकरण गरिनेछ ।
९- महामारी रोकथाम पूर्व तयारी योजना निर्माण गरी स्रोत साधन सहितको विपद् प्रतिकार्य समुह निर्माण गरिनेछ ।
१०- विभिन्न स्थानमा गैरसरकारी संघसस्थासँग समन्वय गरी महिलाहरुको पाठेघर, स्तन क्यान्सर र अन्य नसर्ने रोगको स्क्रिनिङका लागि बृहत स्वास्थ्य शिविरको आयोजना गर्ने, स्वास्थ्य जनचेतना फैलाउने अभियान चलाउने कार्यक्रम गर्न अभिप्रेरित गरिनेछ ।
११-दुई बर्ष मुनि उमेर समुहका सबै बालबालिकाहरुलाई पुर्ण खोप प्रदान गरिनेछ। साथै नबजात शिशु तथा बाल स्वास्थ्य कार्यक्रम मार्फत समुदायमा रहेको बाल मृत्युलाई घटाउन सहयोग गरिनेछ।सुत्केरी आमाहरुमा घरभेट गरि स्वास्थ्य परिक्षणगरिमा तृमृत्युलाई घटाउन सहयोग गरिनेछ।
१२- बिद्यालयका बालबालिकाहरुमा बिद्यालय स्वास्थ्य शिक्षामार्फत विभिन्न रोग तथा स्वास्थ्यसम्बन्धि ज्ञान प्रदानगरी स्वास्थ्यमा सुधार गरिनेछ।
१३-समुदायमा रहेका आमा समुहको पुनर्गठन,परिचालन तथा सुढुढीकरण गरि स्वास्थ्यका विभिन्न क्षेत्रलाई माथी उठाइनेछ।
१४-कोहलपुर नगरपालिकाभित्र रहेका सम्पूर्ण नीजि स्वास्थ्य संस्थाको बर्गीकरण, भौतिक तथा जनशक्तिको अवस्था र सेवाप्रवाहको अवस्था समेतको तथ्याङ्कीय अभिलेख राखी अनुगमनलाई प्रभावकारी बनाइनेछ । निजी स्वास्थ्य संस्थाहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिकासँग समन्वय एवं साझेदारी गर्ने गरी सेवाप्रवाहमा सहभागी गराइनेछ।
१५- नगरअस्पताल, नगरस्वास्थ्य प्रबर्धन केन्द्र र आधारभुत स्वास्थ्यकेन्द्र मार्फत स्वास्थ्य सेवालाई थप प्रभावकारी रुपमा संचालनमा ल्याईनेछ। नागरिकहरुलाई घरदैलोमा पुगेर सहजरुपमा स्वास्थ्यसेवा प्रदान गरिनेछ। साथै नगर अस्पतालका अतिरिक्त केही स्थानमा सुपथ मूल्य औमषधी पसल संचालन गरिनेछ।
१६-लागुऔषध दुर्व्यसनमा लागेका युवा तथा किशोर र किशोरीहरुलाई पुनर्स्थापनाको व्यवस्थागरी लागु दुर्व्यसनविरुद्ध सामाजिक चेतना अभिवृद्धि गरी व्यक्ति, समुदाय र विद्यालयको सहभागितामा विविध कार्यक्रम गरिने छ।
यस्तो छ स्वास्थ्यका