बरदान फर्टिलिटीका बाँझोपन तथा निसन्तान रोग विशेषज्ञ केयर सिटीमा

    • स्वास्थ्य पेज

  • ३० जेष्ठ २०८१, बुधबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका-१८ भुजई गाउँस्थित केयर सिटी अस्पतालले निसन्तान दम्पतिको उपचारका लागि प्रभावकारी सेवा दिने भएको छ।

अस्पतालले इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई स्तरीय बनाउन बरदान फर्टिलिटी सेन्टर काठमाडौंका बाँझोपन तथा निसन्तान रोग विशेषज्ञमार्फत सेवा दिन लागेको अस्पतालका निर्देशक सन्तोष शाहले जानकारी दिनुभयो ।

‘केयर सिटी अस्पतालबाट निसन्तान दम्पत्तिका लागि आईभीएफ उपचार र परामर्श सेवा भइरहकै थियो उहाँले भन्नुभयो-‘यसलाई थप स्तरीय बनाउन काठमाडौंबाट विज्ञ चिकित्सकहरु बोलाइएको छ, उहाँहरुले चेकजाँच तथा परामर्श सेवा दिनुहुनेछ ।’

यही जेष्ठ ३२ गते बाँझोपन तथा निसन्तान रोग विशेषज्ञद्धय डा.सविना सिमखडा र डा.विद्या महतो केयर सिटी आउन लाग्नुभएको छ । उहाँहरुले जेठ ३२ गते शुक्रबार र असार १ गते शनिवार दुई दिन केयर सिटी अस्पतालमा बसेर सेवा दिनुहुने छ ।

उहाँहरुले गर्भ तुहिने तथा गर्भ नबस्ने, आइभिएफ सम्वन्धी उपचार तथा सल्लाह, निसन्तान सम्वन्धी उपचार तथा परामर्श, बारम्बार आइयुआइ फेल हुने समस्या, हर्मोनका कारण बच्चा नबस्ने समस्या, प्रजनन् तथा बाँझोपन सम्वन्धी समस्या भएकाहरुको उपचार तथा परामर्श सेवा प्रदान गर्नुहुने निर्देशक शाहले बताउनुभयो ।

पछिल्लो सयम दम्पतिहरुमा निसन्तानपनको समस्या बढ्दै गएको छ। महिला र पुरुष दुवैमा निसन्तानपनको समस्या हुनसक्ने भएकाले उनीहरुको निसन्तानपनको कारण पहिचान तथा उपचार जरुरी देखिएको छ ।

  • ३० जेष्ठ २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech