गर्मीमा दही सेवन गर्दाका फाइदा

    • स्वास्थ्य पेज

  • २५ जेष्ठ २०८१, शुक्रबार

गर्मी महिनामा खानेकुरामा निकै सावधानी अपनाउनुपर्ने हुन्छ । यो समयमा संक्रमणको जोखिम उच्च हुने, खाद्यपदार्थहरु सड्ने तथा त्यसबाट पाचन क्रियासम्बन्धी समस्याहरु निम्तिने डर समेत हुन्छ । गर्मी याममा शरीरको पाचन क्रियामा पनि दखल पुग्नजान्छ ।

गर्मी मौसममा खानपानको विषयमा अपनाउनुपर्ने सावधानी सँगै खानामा दही समावेश गराउनु भने निकै फाइदाजनक हुन्छ । पानी, दही र मही जस्ता पेय पदार्थहरु गर्मी मौसमका लागि निकै फाइदाजनक हुन्छ। बजारमा सजिल्यै पाइने विभिन्न प्रकारका चिसो पेयपदार्थहरुले शरीरमा अनेकन् प्रकारका बिरामीहरु पैदा गराउँछ। त्यसैले दही गर्मी मौसमका लागि निकै फाइदाजनक मानिन्छ।

दहीको नियमित सेवनले गर्मी याममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवर्धन गर्न सहयोग पूराउँछ । गर्मीमा चिसो दही खाँदा शरीरमा शितलता प्राप्त हुनुका साथै स्वास्थ्यमा समेत धेरै फाईदा पुग्दछ ।

दही खानुको फाइदा

– पेटसम्बन्धी समस्या हुनेलाई दहीको सेवन अत्यन्त उपयोगी मानिन्छ ।

-अरुचीको समस्या भएकालाई दहीको सेवन गरेमा भोक लाग्न थाल्दछ ।

-गर्मीको समयमा अनुहारमा चायाँ निस्कने, छालाको पत्र उप्किने जस्ता समस्या देखिन्छन् । अनुहारमा दहीको लेपन गरी केही समय राखेर राम्रोसँग गुलाब जलले धुनाले अनुहारको छाला मुलायम हुनुका साथै चिरा पर्ने वा छालाको पत्र उप्किने समस्या हट्दछ ।

-आन्द्रा तथा पेट सम्बन्धि रोगहरुमा दहीको नियमित सेवनले फाइदा पुर्याउँछ ।

-दहीको सेवनले मुटुको रोग, उच्च रक्तचाप लगायतका रोग नियन्त्रयामा सघाउ पुर्याउँछ ।

-दहीको नियमित सेवनले कोलस्ट्रोल स्तर बढ्नबाट रोक्दछ ।

-मुटुको धड्कन बढ्ने समस्यामा पनि दहीको सेवन लाभदायी हुन्छ ।

-दहीको सेवनले हड्डीहरुको विकासमा सहयोग पुर्याउँछ ।

-अनिन्द्राका समस्या भएकाहरुले दैनिक एक कचौरा दही खाएमा राम्रो निन्द्रा पर्न थाल्दछ ।

-दैनिक दही खाँदा पाचन प्रक्रिया राम्रो बनाउन सहयोग पुर्याउँछ ।

  • २५ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech