सडक स्वास्थ्य सहायता केन्द्र स्थापना

    • स्वास्थ्य पेज

  • २१ जेष्ठ २०८१, सोमबार

नेपालगन्जः बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि बाँकेको राप्ती सोनारी गाउँपालिकामा सडक स्वास्थ्य सहायता केन्द्र स्थापना गरिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा राप्ती सोनारी गाउँपालिका वडा नं.८ शम्शेरगन्जमा सडक स्वास्थ्य सहायता केन्द्र स्थापना गरिएको हो । सोमवार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले सडक स्वास्थ्य सहायता केन्द्रको उद्घाटन गर्नुभयो ।

त्यसक्रममा अध्यक्ष पौडेलले राप्ती सोनारी ८ शम्शेरगन्जमा स्थापना भएको सडक स्वास्थ्य सहायता केन्द्रले दुर्घटना न्यूनीकरणमा ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले बढ्दो सवारी दुर्घटनाका कारण ठूलो मानवीय धनजनको क्षती भइरहेको प्रति गम्भीर चिन्ता व्यक्त गर्दै सडक स्वास्थ्य सहायता केन्द्रले त्यसको न्यूनीकरणमा बल पुर्याउने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले दुर्घटना न्यूनीकरणका लागि जनचेतना जरुरी रहेको औल्याउनुभयो । उहाँले ट्राफिक नियमको बारेमा सबैलाई जानकारी गराउनु आवश्यक रहेको बताउनुभयो । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमामा वडा नं.८ शम्शेरगन्जसँगै वडा न १ कुसुम र वडा नं. ४ बैजापुरमा मोवाईल सहायता सेवा केन्द्र समेत स्थापना गरिने छ ।

शम्शेरगन्ज सहायता केन्द्रमा दैनिक स्वास्थ्यकर्मी र ट्राफिक प्रहरी राखेर सेवा दिइने बताइएको छ । ती स्वास्थ्यकर्मी र ट्राफिकले दिनभरी मापसे, चेकिङ्ग संगै यात्रुहरुको स्वास्थ्य जाँच गर्ने छ । मोबाईल सहायता केन्द्र कुसुम र बैजापुरमा भने महिनाको ५ दिन मात्रै उक्त कार्य गरिने छ ।

  • २१ जेष्ठ २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech