सरकारले भेरी अस्पताललाई सिकलसेल एनिमिया उपचार केन्द्रको रुपमा विकास गर्ने

    • स्वास्थ्य पेज

  • १६ जेष्ठ २०८१, बुधबार

नेपालगन्जः सरकारले भेरी अस्पताललाई सिकलसेल एनिमिया उपचार केन्द्रको रुपमा विकास गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन उक्त जानकारी दिनुभएको हो । संघीय अस्पतालको रुपमा रहेको भेरी अस्पतालमा सिकलसेल एनिमिया उपचार केन्द्र विकास गरिए पश्चिम तराईमा वंशाणुगत सिकलसेल रोगका कारण पीडित बनेका हजारौं बिरामीहरुले राहात पाउनेछन् ।

सिकलसेल तथा थालेसिमिया रोग विज्ञ समेत रहनु भएका भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेका अनुसार विशेष गरी थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको वंशाणुगत सिकलसेल एनिमियाका बिरामीहरुको अहिलेपनि भेरी अस्पतालमा उपचार भइरहेको छ । तथापी सिकलसेल उपचार केन्द्रकै रुपमा भेरी अस्पताललाई विकास गरियो भने उनीहरुले सहज र थप स्तरीय सेवा प्राप्त गर्नेछन् ।

सिकलसेलका बिरामीहरुले उपचार वाफत अहिले एक लाख रुपैयाँ उपचार खर्च पाउने गरेका छन् । तर बाचुन्जेल औषधीउपचार गर्नुपर्ने भएकाले उक्त रकमले बिरामीलाई पुग्दैन् । त्यस्ता बिरामीहरुलाई वीमामा कार्यक्रममा समेटेर उनीहरुलाई सहज उपचारको पहुँचमा ल्याउनुपर्ने विज्ञहरु सुझाउँछन् । त्यसैगरी भेरी अस्पतालको क्षमता विकास गरी ५०० शैयामा स्तरोन्नति गरिने पनि बजेट प्रस्तुतका क्रममा अर्थमन्त्री पुनले जानकारी दिनुभएको छ ।

  • १६ जेष्ठ २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech