गर्मीमा खरबुजा खानुका फाइदा

    • स्वास्थ्य पेज

  • १२ जेष्ठ २०८१, शनिबार

काठमाडौं: देशका विभिन्न क्षेत्रमा गर्मी व्यापक बढेको छ । खासगरी दैनिक बढेको गर्मीले जनजिवन कष्टकर छ । यो गर्मीमा शरीरलाई फ्रेस राख्‍न फलफूल निकै फाइदा जनक मानिन्छ । गर्मी मौसम लागेसँगै बजारमा खरबुजा छ्याप्छ्याप्ती देख्न सकिन्छ।

तपाई हामी कतिपयलाई गर्मीमा अरु खाना भन्दा खरबुजा नै खान मनपर्छ । यसले शरीरमा पानीको मात्रा पूर्ती गर्नुका साथै छालामा चमक ल्‍याउँछ । गर्मीमा कोल्ड ड्रिङक्स पिउनुभन्दा खरबुजा खानु उत्तम हुन्छ । खरबुजामा पोटासियम र म्याग्नेसियम पाइन्छ जसले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

यो रसिलो फलमा इलेक्ट्रोलाइट्स हुन्छ जसले रक्तचापलाई सामान्य राख्छ । खरबुजामा पर्याप्त मात्रामा फाइवर पनि पाइन्छ। यसमा भएको पर्याप्त फाइबरले कब्जियतको समस्या कम गर्नमा निकै मद्दत गर्दछ। खरबुजाले शरीरबाट हानिकारक टक्सिन बाहिर निकाल्ने काम गर्छ । खरबुजामा भएको इलेक्ट्रोलाइट्स र मिनरलले तपाईंलाई ऊर्जावान् राख्न मद्दत गर्छ ।

तीब्र रुपमा तौल कम गर्न चाहनुहुन्छ भने खरबुजालाई आफ्नो खानाको हिस्सा बनाउनुहोस् । खरबुजामा लाइकोपिन नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले तपाईंको स्वास्थ्य समस्याजस्तै क्यान्सर र मधुमेहको खतरालाई रोक्न मद्दत गर्छ । एमिनो एसिडले भरपुर खरबुजा तपाईंको मुटुको स्वास्थ्यका लागि शानदार हो ।

खरबुजामा पाइने भिटामिन ए र सी छाला र कपालको स्वास्थ्यका लागि राम्रो मानिन्छन्। भिटामिन सी एन्टिअक्सिडेन्ट हो। जसले शरीरका कोषलाई नष्ट हुन दिँदैन।भिटामिन सीले रोगसित लड्ने प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ।

खरबुजामा पाइने क्यारोटिनोड्स बोटबिरुवामा पाइने यस्तो तत्व हो, जसमा अल्फा क्यारोटिन र बेटा क्यारोटिन पाइन्छ।जुन तत्व पछि गएर भिटामिन एमा रूपान्तरण भई शरीरमा भिटामिन ए पनि मिल्छ।

  • १२ जेष्ठ २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech