कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना

    • स्वास्थ्य पेज

  • १२ जेष्ठ २०८१, शनिबार

काठमाडौं: नागरिकता किर्ते सम्बन्धी कसुरमा प्रहरी हिरासतमा पुग्नुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हिजो साँझ स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको थियो । प्रादेशिक अस्पतालमा भएको चेकजाँचको क्रममा मुटुमा समस्या देखिएपछि गए राति नै उहाँलाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो ।

धनुषा जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि मंगलवार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपकै कार्यालयबाट पक्राउ गरिएको थियो । सिरोहियालाई प्रहरीले मंगलवार राति धनुषा ल्याएपछि प्रहरीले अदालतमा पेश गर्दा तीन दिनको म्याद थपियो । शुक्रवार अदालतले उहाँमाथि अनुसन्धान गर्न प्रहरीलाई पुनः तीन दिनको म्याद दिएको छ ।

सिरोहियालाई पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या रहेको परिवारले जनाएको छ ।

  • १२ जेष्ठ २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech