नेपालगन्जः नेपाल मेडिकल काउन्सिलले चिकित्सक नाम दर्ता (डाक्टर लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार परीक्षामा ५४.६२ प्रतिशत उत्तीर्ण भएका हुन् ।
उहाँका अनुसार परीक्षामा एमबीबीएसतर्फ १ हजार ३७१ जनाले फर्म भरे पनि परीक्षामा १ हजार ३५६ जना सहभागी भएका थिए । जसमध्ये ७५१ जना (५५.३८ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन् ।
एमबीबीएसतर्फ परीक्षामा १५ जना अनुपस्थित भएको र दुई जनाको स्थगित गरिएको छ । यस्तै बीडीएसतर्फको परीक्षामा २९९ जना सहभागी भएका थिए । ती मध्ये १५३ जना (५१.१७ प्रतिशत) उत्तीर्ण भएका हुन् । काउन्सिलले बीडीएसमा दुई जना अनुपस्थित रहेको जनाएको छ । परीक्षा गत सोमबारबाट बुधबारसम्म चलेको थियो ।