सरकारले सुरक्षित मातृत्व र रोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने

    • स्वास्थ्य पेज

  • १ जेष्ठ २०८१, मंगलवार

काठमाडौं: सरकारले लागु औषध दुव्र्यसनको रोकथाम तथा नियन्त्रण, अवसाद, मानसिक चिन्ता तथा मनोरोगको नियन्त्रण, आत्महत्या रोकथाम लगायतका मानसिक स्वास्थ्य प्रवद्र्घनात्मक क्रियाकलापहरुलाई प्राथमिकतासाथ समुदायस्तरमा सञ्चालन गर्ने निति लिएको छ ।

सरकारको आगामी आवको नीति तथा कार्यक्रम मंगलबार संसदको संयुक्त बैठकमा पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो निति लिएको बताउँनुभएको हो । यस्तै सरकारले सुरक्षित मातृत्व र रोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने जनाएको हो ।

आगामी आर्थिक वर्ष २०८१\८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निशुल्क स्क्रिनिङ कार्यक्रम र दशदेखि चौधवर्ष उमेर समुहका बालिकालाई दिइने खोप सेवालाई जिल्ला अस्पतालसम्म विस्तार गरिने बताउँनुभयो ।

यस्तै परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालमा जन्मजात विकलाङ् वा असाधारण प्रकृतिका अवस्था पहिचान गर्न भ्रुण तथा नवजात शिशु परीक्षण सेवा सुरु गरिने निति समेत लिईएको छ ।

  • १ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech