नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेका राधिका थपलिया र वासुदेव उपाध्यायलाई प्रदेश सचिवको जिम्मेवारी दिइएको छ। सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयले उनीहरुलाई उक्त जिम्मेवारीका लागि त्यहाँ पठाएको हो।
लुम्बिनी प्रदेशका सचिव ८ जनार्दन पन्थी भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फिर्ता हुनु भएको छ । कोशी प्रदेश सचिव रहनु भएकी डा सुधा देवकोटा पनि फिर्ता हुनु भएको छ ।
यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा रहेका मदन कोइराला पनि मन्त्रालय अन्तर्गत फर्काइएको बताइएको छ। उहाँको ठाउँमा मधेश प्रदेशमा सचिव रहेका अर्जुन गौतम पठाइएको छ ।