बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन २०२४ सम्पन्न

    • स्वास्थ्य पेज

  • ३० बैशाख २०८१, आईतवार

अछाम: बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन २०२४ सम्पन्न भएको छ । सम्मेलनको मुख्य उद्देश्य नेपालको ग्रामीण क्षेत्रमा अर्थोपेडिक्स तथा ट्रमा केयर प्रणालीमा सुधार ल्याउने रहेको थियो ।

ब्राउन विश्वविद्यालय अमेरिका, नेपाल अर्थोपेडिक एशोसिएशन, साइन फ्याक्चर केयर, नेपाल मेड र नेपाल अर्थोपेडिक एशोसिएशन सुदूरपश्चिम प्रदेश शाखासँगको सहकार्यमा सम्मेलन भएको हो । बिहीबारदेखि शनिवारसम्म तीन दिन चलेको सम्मेलनमा अहिले पाइरहेको सेवामा सुधार ल्याउने, ट्रमा र अर्थोपेडिक सेवाको पहुँचमा दुर्गम क्षेत्रका बिरामीलाई अस्पतालसम्म पुर्‍याउने विषयमा छलफल भएको थियो ।

सम्मेलनको पहिलो दुई दिन प्रि-वर्कसपको आयोजना गरिएको थियो । यसमा भिडियो एक्स-रे गरेर चोटपटक लागेको बिरामीलाई कसरी राम्रो सेवा दिने, चोट भिडियो एक्सरेमार्फत कसरी पत्ता लगाउने भन्ने विषयमा अमेरिकी चिकित्सकहरुले अनुभव बाँडेका थिए ।

यस्तै सम्मेलनको अन्तिम दिन शनिवार एनेस्थेसियामा काम गर्ने स्वास्थ्यकर्मी, अर्थापेडिक्स तथा ट्रमा केयरमा संलग्न डाक्टरहरु र अन्य स्वास्थ्यकर्मीबीचमा दुर्गममा के कस्ता समस्या छन्, कसरी र कुन आधारमा गुणस्तरिय सेवा दिन सकिन्छ, सुधारका लागि के गर्ने र देशका अन्य भागमा सेवा विस्तार गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।

  • ३० बैशाख २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech