वायु प्रदूषणः कोहलपुर र नेपालगन्जलाई तुवाँलोले ढाक्यो

    • स्वास्थ्य पेज

  • २१ बैशाख २०८१, शुक्रबार

नेपालगन्जः बाँकेमा वायु प्रदूषण आज उच्च देखिएको छ। मनसुन बिदा भएपछि बढ्दै गएको वायु प्रदूषण आज उच्च अवस्थामा पुगेको छ। कोहलपुर क्षेत्रमा दुई सयम मिटर अगाडिको दृष्य समेत देखिएको छैन ।

नेपालगन्ज आसपासको क्षेत्रमा पनि उस्तै अवस्था रहेको पाइएको छ । मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोसँगै वायु प्रदूषण अझै बढ्न सक्ने देखिएको छ । हिउँदे सुक्खायाम र चिसोसँगै बढ्दै गएको प्रदूषण वर्षा भएपछि मात्र केही मत्थर हुने विज्ञहरु बताउँछन्। उच्च हुँदै गएको वायु प्रदूषण रोक्न सक्ने अवस्था नहुने बताइएको छ ।

हिउँदे सिजनको वर्षा नभएकाले पनि बाँकेमा वायु प्रदूषण उच्च बनेको हो। आकाशमाथि प्रदूषित वायु जान नसकेपछि त्यो तुवाँलो बनेर आकाशमण्डलमा रहिरहँदा धर्तीमा बहने हावामा स्वच्छता कम हुँदै जान्छ। मौसमको अर्को कारणमा पश्चिमी वायु सक्रिय रहेकाले त्यो वायु पूर्वबाट आउनेभन्दा तल्लो वायुमण्डलबाट आउने गर्छ।

जसले अरब सागरछेउछाउका प्रदूषण सोझै नेपालको वायुमा मिसाइरहेको मौसमविद् समिर श्रेष्ठ बताउनुहुन्छ। श्रेष्ठका अनुसार अझै पनि नेपालमा वर्षा हुने छेकछन्द नदेखिएकाले वायु प्रदूषणको मार अझै केही समय खेप्नुपर्ने हुन्छ।

  • २१ बैशाख २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech