डिप्रेसन भन्नाले मनमा निरासापन हुनु र निरासपनको भावनालाई बुझिन्छ। कहिलेकाहीँ मानिस सानो कुराले पनि यत्तिकै निरास हुन्छ। कहिलकाहीँ रून मन लाग्छ। आफूले सोचेजस्तो परीक्षा नभएमा विद्यार्थीहरूमा निरासापन आउँछ। आफूले भनेजस्तो भएन भने, काममा धेरै तनाव भयो भने, सम्बन्धमा समस्या आयो भने, अनि आर्थिक रूपमा समस्या पर्यो भने पनि मानिस निरास हुन्छ।
प्रमुख लक्षण
– मनमा निरासपन हुनु, सानो कुरामा चिटचिटाहट हुनु, केही काममा जाँगर नहुनु, थकान हुनु, काममा ध्यान केन्द्रित नहुनु, निद्रा नलाग्नु यसका प्रमुख लक्षण हुन्।
-डिप्रेसन भएको व्यक्तिले आफ्नो भविष्य अन्धकार देख्छ जसले गर्दा उसलाई आत्महत्यासम्म सोच आउन सक्छ। विगतमा मैले गल्ती गरेँ भनेर धेरै पछुतो मान्छ। कसैलाई खानाको रूचि हुँदैन भने कसैलाई धेरै खान मन लाग्छ।
-कतिपय अवस्थामा परामर्श मात्रै गरेर पनि उपचार गर्न सकिन्छ। तर डिप्रेसन कडा हुँदै गएको छ भने औषधि खानुपर्छ।
-जति चाँडो रोग थाहा पायो त्यति चाँडो नियन्त्रणमा ल्याउन सकिन्छ। ढिला भयो, औषधि सेवन नियमित भएन भने डिप्रेसनसँगै अरू समस्या निम्तिन सक्छ।
-यसको कुनै उमेर समूह भन्ने छैन। तर २० देखि ३५ वर्षसम्म बढी देखिन्छ।
-डिप्रेसन महिलाहरूमा पुरूषको तुलनामा बढी देखिन्छ; दुई गुणा बढी। विश्वभरी गरिएको तथ्यांकमा महिलालाई धेरै भार उठाउन पर्छ जसले गर्दा उनीहरू धेरै डिप्रेसनमा परेका हुन्छन्। कार्यालयको काम अनि घरमा पनि कामले गर्दा समेत उनीहरूलाई डिप्रेसन हुन्छ।
-मनोरोग भएमा कुनै अप्ठ्यारो नमानी मनोचिकित्सकलाई भेट्नुपर्छ। किनकि हामी खुसी भयौं भने मात्रै पूर्ण रूपमा स्वस्थ हुन सक्छौं।