स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन गर्नेलाई कारबाही गर्दै मन्त्रालय

    • स्वास्थ्य पेज

  • ७ बैशाख २०८१, शुक्रबार

नेपालगन्जः सामाजिक सञ्जालमा स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन गर्नेलाई कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपाल सरकारको लोगो प्रयोग गरी निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको पाइएकोले त्यस्तो कार्य गर्नेलाई कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको हो ।

केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा विभिन्न उमेर समूहको लागि निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको र त्यस्ता सूचना, विज्ञापनमा कुनै सत्यता नभएकाले विज्ञापनमा क्लिक नगर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

यस्ता गलत तथा भ्रामक सूचना र विज्ञापन प्रसारण गर्नेहरूलाई कानुनअनुसार कारबाही प्रक्रिया समेत अघि बढाइएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताउनुभयो ।

  • ७ बैशाख २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech