नेपालगन्जः वीरगञ्जको नेशनल मेडिकल कलेजबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। अस्पतालमा छापा मारेर प्रहरीले मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई पक्राउ गरेको हो।
ल्याबमा मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेका गुनासो आएपछि प्रहरीले अनुसन्धान गरेको थियो । छापामा मार्ने क्रममा म्याद गुज्रिएका सामाग्री समेत भेटिएको प्रहरीले जनाएको छ।