भेरी अस्पतालले भन्यो-‘पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छौं’

    • स्वास्थ्य पेज

  • ५ चैत्र २०८०, सोमबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जले पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । चैत २ गते अस्पतालले प्रेससँग सम्वन्धीत जारी सूचनापछि पत्रकार महासंघ सहित विभिन्न पेशागत संघसंगठनहरुले त्यसको बिरोध गरेका थिए ।

नेपाल प्रेस युनियन बाँकेको अगुवाइमा आज अस्पतालमा भएको छलफलपछि यसअघि जारी गरिएको सूचना सच्चाउँदै पूर्ण प्रेस स्वतन्त्रताप्रति अस्पताल प्रतिवद्ध रहेको भेरी अस्पतालले स्पष्ट पारेको छ ।

अस्पताल प्रशासनद्धारा जारी सूचनामा भनिएको छ -‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा समाचार संकलन गर्न गराउन कुनै पनि मिडिया तथा पत्रकारहरुलाई रोक लगाउने मनसाय अस्पताल प्रशासनको छैन ।’ तर केही संवेदनशील ठाउँमा रिपोर्टि गर्दा भने गम्भीरता बुझिदिन अनुरोध गरिन्छ ।

यस्तै पत्रकार अभिशेष गुप्तामाथि भएको दुव्र्यवहारको विषयलाई पनि सहमतिमा टुंगो लगाइएको नेपाल प्रेस युनियन बाँकेका शाखा सचिव भिष्म लोधले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल प्रेस युनियनका कार्यसमिति सदस्य समेत रहेका पत्रकार गुप्तालाई दुव्र्यवहार गर्ने सुरक्षागार्डले आत्माआलोचना गर्दै आगामी दिनमा यस्ता घटना नदोहोराउने प्रतिबद्धता जनाएसँगै उत्पन्न समस्या समाधान भएको हो ।

  • ५ चैत्र २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech