प्रहरी र प्रदर्शनकारीबीच झडप, अस्पतालमा तोडफोड

    • स्वास्थ्य पेज

  • १ चैत्र २०८०, बिहीबार

दाङः उपचारका क्रममा बालकको मृत्युपछि आक्रोशित आफन्त र प्रहरीबीच आज झडप भएको छ । सडकमा प्रदर्शन गरी घोराही लमही सडक अवरुद्ध गरिरहेका मृतकका आफन्त र प्रहरीबीच ढुंगा र लाठी हानाहान भएको छ। भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मृतकका आफन्तले अस्पतालमा ढुंगामुढा र तोडफोड गरेका छन् ।

राजपुर गाउँपालिका १ पटौली नाकाका ९ वर्षीय बालक सुरेश कुँवरको घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा उपचारका क्रममा बुधबार मृत्यु भएको थियो । अस्पतालअगाडि र ट्राफिक चोकमा मृतकका आफन्तहरू बसेर यातायात अवरुद्ध गरी प्रदर्शन गरेका छन् । घाँटीमा समस्या भएपछि अस्पताल ल्याइएका बालकको डाक्टरको लापर्बाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल घेराउ गरिरहेका छन् ।

मृतकका आफन्त, अस्पताल प्रशासन र सरोकारवालाबीच जिल्ला प्रशासन कार्यालयमा छलफल भए पनि निकास निस्कन नसकेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताउनुभयो ।

  • १ चैत्र २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech