बालकको मृत्यु भएपछि बुद्ध अस्पतालमा उत्पन्न तनाव अझै मथ्थर भएन

    • स्वास्थ्य पेज

  • १ चैत्र २०८०, बिहीबार

दाङः घोराही स्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा दुई दिन देखि उत्पन्न तनाव अझै मथ्थर हुन सकेको छैन् । अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएपछि अस्पताल घेराउ गरिएको छ ।

हिजो र आज दुई दिन आफन्तले बिरोध प्रदर्शन गरेका छन्। आज दिउँसो घोराही–लमही सडक समेत अवरूद्ध पारेका छन्। राजपुर गाउँपालिका–१ पटौली नाकाका ९ वर्षीय बालक सुरेश कुँवरको घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा बुधबार मृत्यु भएको थियो ।

त्यसपछि अस्पताल अगाडि र ट्राफिक चोकमा मृतकका आफन्तहरू बसेर यातायात अवरूद्ध पारेका छन्। साथै अस्पतालको सेवा समेत रोकिएको छ। घाँटीमा समस्या भएपछि अस्पताल ल्याइएका बालकको डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल घेराउ गरिरहेका छन्।

अहिले मृतकका आफन्त, अस्पताल प्रशासन र सरोकारवालाबीच जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

  • १ चैत्र २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech