दुई पटक मिर्गौला प्रत्यारोपण गर्नु भएका ओली भन्नुहुन्छ-`मिर्गौला जोगाउन आफैँ सजग हुनु पर्छ´

    • स्वास्थ्य पेज

  • १ चैत्र २०८०, बिहीबार

नेपालगन्ज: आज विश्व मिर्गौला दिवस । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ । यसै अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अनुभवसहितका केही सुझाव दिनुभएको छ ।

दुई पटक मिर्गौला प्रत्यारोपण गरेका उहाँले मिर्गौला जोगाउन आफैँ सजग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक संजालमा लेख्नु भएको छ– ‘मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु। हाम्रो सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ। प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ।’

ओली थप्नु हुन्छ, ‘हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौँ। मिर्गौला जोगाउन हामी आफैँ सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौँ, मिर्गौला जोगाऔँ ।’

शीर्षकमा प्रत्यारोपण हुनु पर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ ।
सम्पादक

  • १ चैत्र २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech