डायलाइसिस एकचिकित्सा पद्दति हो। मिर्गौलाले काम गर्न छोड्दा शरीरमा विषालु पदार्थ, अत्यधिक पानी र पोटासियम जन्य अन्य नुनहरू जम्मा हुन्छन्। योअवस्थामा बिरामीको मृत्युसम्म हुन सक्दछ। शरीरमा जम्मा भएको विषालु र अन्य अनावश्यक तत्वहरू छानेर फाल्ने यही विधिलाई डायलाइसिस भनिन्छ। अन्तिम चरणको मिर्गौला रोग वा अचानक मृगौला बिफल भएका बिरामीहरूका लागि यो एउटा जीवन रक्षक विधि हो। गम्भीररूपमा मृगौलाले काम गर्न छोडेका (मिर्गौला विफल भएका) मानसिहरूलाई डायलाइसिसले कसरी मद्दत गर्छ ?
मिर्गौलाले काम गर्न छोड्दा डायलाइसिसले देहायका काम गरेर शरीरलाई मद्दत गर्छ :
.क्रिएटिनिन, युरिया जस्ता विषालु पदार्थलाई फालेर रगतलाई शुद्धिकरण गरेर
.बढी भएको तरल पदार्थ फाली शरीरमा सहीमात्रामा पानी कायम राखेर
.इलेक्ट्रोलाइटरअम्ल(क्षार सन्तुलनमा भएको गडबडीलाई सुधार गरेर
तर डायलाइसिसको विधिले हेमोग्लोबिनकोस्तर कायम गर्न आवश्यक पर्ने एरिथ्रोपोइटिन हर्मन उत्पादन गर्नेजस्ता मिर्गौलाका सबै खालका कार्यहरू गर्न सक्दैन।
डायलाइसिस कहिले गर्नुपर्छ ?
मृगौलाको कार्यक्षमता ८५ देखि ९० प्रतिशतले ह्रास भएपछि विषालु पदार्थ र तरल पदार्थ शरीरमा जम्मा हुन थाल्छ। क्रिएटिनिन र अन्य विषालु पदार्थ जम्मा हुनाले वाकवाकी लाग्ने, बान्ताहुने, थकान महसुस हुने, सुन्निने र श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन थाल्छन्। यस्तो अवस्थामा औषधी सेवनले मात्र बिरामीलाई उपचार गर्न सकिन्न र बिरामीलाई डायलाइसिस सुरु गर्नुपर्ने हुन्छ।
के डायलाइसिसले मिर्गौलाको दीर्घरोगलाई निको पार्न सक्छ ?
सक्दैन। मिर्गौलाको दीर्घरोग निको नहुने रोग हो र बिरामी यो रोगको अन्तिम चरणमा पुगेपछि सफल मृगौला प्रत्यारोपण नभएसम्म डायलाइसिस गरिरहनुपर्छ। अर्कोतिर, अचानक मृगौला विफल भएका बिरामीहरूलाई मृगौला पुरानो अवस्थामा नफर्किएसम्म छोटो अवधिका लागि डायलाइसिस गर्नुपर्ने हुन सक्छ।
डायलाइसिस कति प्रकारका हुन्छन् ?
डायलाइसिसका मुख्य दुई प्रकार छन्:
हेमोडायलाइसिस र पेरिटोनियल डायलाइसिस।
हेमोडायलाइसिस : हेमोडायलाइसिसमा विषालु पदार्थ र बढीभएको तरल पदार्थलाई डायलाइसिस मेसिनको सहायताले विशेष प्रकारको फिल्टर वा डायलाइजर भनिने कृत्रिम मृगौला मार्फत रगतबाट फालिन्छ।
पेरिटोनियल डायलाइसिस : पेरिटोनिय लडायलाइसिसमा एउटा सानो नरम ट्युबलाई पेटमा छिराइन्छ र डायलाइसिस गर्ने पानीलाई पेटमा पुयाई विषालु पदार्थ र बढी भएको तरल पदार्थलाई शरीरबाट झिकिन्छ। यो विधि घरमा कुनै मेसिनको सहायता बिनै गर्न सकिन्छ।
अन्तिम चरणका मिर्गौलाको रोग भएका बिरामीहरूलाई डायलाइसिसको कुन विधि प्रयोग गर्दा राम्रो हुन्छ भन्ने कुरा के ले निर्धारण गर्छ ?
हेमो डायलाइसिस र पेरिटोनियल डायलाइसिस दुवै अन्तिमचरणका मिर्गौला रोगीहरूका लागि प्रभावकारी विधि हुन्। सबै बिरामीहरूलाई एउटै डायलाइसिस विधि उत्तम हो भन्ने हुँदैन। प्रत्येक डायलाइसिस विधिका फाइदा र बेफाइदाहरू माथि विचार गरेर बिरामी, परिवारजन र नेफ्रोलोजिस्टद्वारा संयुक्तरूपमा कुन डायलाइसिस प्रयोग गर्ने भन्ने छनोट गरिन्छ। यसरी छनोट गर्दा उपचारको खर्च, उमेर, मृगौलाको समस्या, हेमो डायलाइसिस केन्द्रको दूरी, मुटुको अवस्था, घरको अवस्था, चिकित्सकको रोजाइ र बिरामीको प्राथमिकता र जीवनशैलीले फरक पार्छन्। डायलाइसिसले मृगौलाको विफलतालाई निको पार्दैन, तर मिर्गौलाको विफलता हुँदाहुदै पनि बिरामीहरूलाई सहजरुपमै बाच्न मद्दत गर्छ।
डायलाइसिस गर्ने बिरामीले मुख बार्नु पर्छ कि पर्दैन ?
पर्छ। डायलाइसिस गर्ने बिरामीहरूले सोडियम, पोटासियम, फोसफोरस र तरल पदार्थमा मुख बार्नुपर्छ। डायलाइसिसका बिरामीहरूले मुख बार्ने सल्लाहलाई मान्नुपर्छ। मृगौलाका रोगीलाई डायलाइसिस सुरु गरेपछि आहारमा लगाइएको बन्देज कम गरिन्छ। डायलाइसिसमा रहेका अधिकांश बिरामीहरूलाई पहिलेको तुलनामा बढीप्रोटिन, क्यालोरी र खनिज पदार्थ लिन सुझाव दिइन्छ। हेमो डायलाइसिस भन्दा पेरिटोनियल डायलाइसिसमा खानपिन कम बार्नु पर्छ।
हेमोडायलाइसिस कसरी गरिन्छ ?
अस्पताल वा डायलाइसिस केन्द्रहरूमा चिकित्सक, नर्स र डायलाइसिस प्राविधिकहरूको रेखदेखमा हेमोडायलाइसिस गरिन्छ। डायलाइसिस मेसिनले शरीरभित्रबाट रगतलाई पम्प गरेर रगतका ट्युब मार्फत् डायलाइजरमा पुऱ्याउँछ। यसोगर्दा शरीरबाट बाहिर आएको रगतलाई जम्न नदिन हेपारिन वा निरन्तर सलाइन दिइन्छ।
- डायलाइजर (कृत्रिम मृगौला)
डायलाइजर भनेको एउटा विशेष फिल्टर हो जसमार्फत् रगत बग्छ अनि बढी भएको तरल पदार्थ र विषालु पदार्थलाई फाल्छ। डायलाइजरले डायलाइसिस मेसिनले तयार पारेको डायलिजेट भनिने विशेष झोलको मद्दतले रगतलाई शुद्ध बनाउँछ।
.रगतलाई सफापारि सकेपछि मेसिनले त्यसलाई पुनःशरीरमा पठाउँछ।
.हेमोडायलाइसिस प्राय हप्ताको तीन पटक गरिन्छ र प्रत्येक पटक चार घण्टा जति समय लाग्दछ।
हेमोडायलाइसिसका फाइदा र बेफाइदा केके हुन् ?
हेमोडायलाइसिसका फाइदा:
.प्रशिक्षित नर्स वा प्राविधिकले उपचार गर्ने हुनाले बिरामीहरूले डायलाइसिससम्बन्धी आफ्नो रेखदेख गर्नु पर्दैन। केहीबिरामीहरू हेमोडायलाइसिस विधि पेरिटोनियलडायलाइ सिस भन्दा बढी आरामदायी र कमपीडादायी भएको अनुभव गर्छन्।
.पेरिटोनियल डायलाइसिस भन्दा हेमोडायलाइसिस बढी छिटो र फलदायी हुन्छ।
.हेमोडायलाइसिस केन्द्रले उस्तै समस्या भएकाबिरामीहरू भेटघाट गर्ने र अन्तरक्रिया गर्ने मञ्च प्रदान गर्दछ। यस्तोअन्तरक्रियाले तनाव कमगर्न सक्छ र बिरामीलाई साथी बिरामीहरूको साथ प्राप्त हुनसक्छ।
.हेमोडायलाइसिस प्राय एक पटकमा चारघण्टा गरी हप्ताको तीन पटक गरिन्छ। उपचारका बीचमा बिरामीलाई समय हुन्छ।
.केहीदेशहरूमा हेमोडायलाइसिस पेरिटोनिय लडायलाइसिस भन्दा कम खर्चिलो हुन्छ।
हेमोडायलाइसिसका बेफाइदाहरू:
.हेमोडायलाइसिस केन्द्रहरूसम्म नियमितरूपमा जानआउनको असुविधा हुनेगर्छ। यीकेन्द्रहरू घरबाट टाढा केहीशहरमा मात्रै सीमित हुने गर्छन। त्यसैले डायलाइसिस गर्न आउनजान समस्याहुने गर्दछ। कतिपय बिरामीहरू त घरै छोडेरडाइलाइसिस केन्द्रको वरिपरि बस्नु परेको पनि देखिन्छ।
हेमोडायलाइसिसको निश्चितसमयका कारणले गर्दा बिरामीले आफ्ना सबै गतिविधि उपचारको समयलाई ध्यानमा राखेर मिलाउनुपर्छ। हाम्रो देशमा प्रविधि र आर्थिक अभावको कारणले गर्दा धेरैजसो बिरामीले हप्तामा तीनपटक डाइलाइसिस गराउन सक्दैनन्। त्यसैले बिरामीको उपचार प्रभावकारी नहुन सक्छ।
हेमोडायलाइसिसका बिरामीहरूले गर्नुपर्ने र गर्न नहुने कुराहरू:
अन्तिम अवस्थाको मृगौलारोगका बिरामीहरूले प्राय हप्ताको तीनपटक हेमोडायलाइसिसको उपचार गर्नुपर्छ। उपचारलाई नियमित नगर्नु वा छुटाउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ।
.हेमोडायलाइसिसका बिरामीहरूले सुझाए अनुसार खाने कुरामा मुख बार्नु पर्छ। तरलपदार्थ, नुन, पोटासियम र फोस्फोरस लाई बन्देज गर्नुपर्छ। चिकित्सक वा आहारविद्सँगको सल्लाहमा प्रोटिन लिनुपर्छ। डायलाइसिसकोबीचमा वजन २ वा ३ केजीभन्दा बढी बढ्न दिनुहुँदैन।
हेमोडायलाइसिसका बिरामीहरूमा कुपोषण एउटा आमसमस्या हो र यसले थप नराम्रो समस्या सिर्जना गर्छ। सही पोषण कायम राख्न चिकित्सकको सल्लाहमा क्यालोरीर प्रोटिन युक्त खानाखानु आवश्यक हुन्छ।
.हेमोडायलाइसिसको उपचारसँगै बिरामीले नियमितरूपले औषधी लिनु वा रक्तचाप तथा मधुमेहमा नियन्त्रण राख्न आवश्यक हुन्छ।
.जीवनशैलीमा परिवर्तन अत्यावश्यक छ। धूमपान त्याग्नु, सटिक तौल कायम राख्नु, नियमित व्यायाम गर्नु र रक्सी नियन्त्रण गर्नु आवश्यक हुन्छ।
पेरिटोनिय लडायलाइसिस: पेरिटोनियल डायलाइसिस मृगौला विफल भएका बिरामीहरूकालागि गरिने डायलाइसिसको अर्को विधि हो। योव्यापकरूपमा स्वीकार गरिएको छ र प्रभावकारी पनि छ।योघरमा गरिने डायलाइसिसको सबैभन्दा प्रचलित विधि पनि हो।
पेरिटोनियल डायलाइसिस भनेको के हो ?
पेरिटोनियम भनेको पेटको खाली भागको भित्रपट्टि रहेको पातलो झिल्ली हो। पेरिटोनियल झिल्ली भनेको एउटा अर्धपारगम्य झिल्ली हो जसले रगतमा भएका काम नलाग्ने पदार्थ र विषाक्त पदार्थलाई चाल्नीले
छान्दछ। पेरिटोनियलडायलाइसिस पेरिटोनियल झिल्लीमार्फत रगत शुद्धिकरण गर्ने एउटा प्रक्रिया हो।
पेरिटोनियल डायलाइसिसका मुख्य फाइदा र बेफाइदा के हुन् ?
पेरिटोनियल डायलाइसिसका फाइदा :
१. डायलाइसिसकालागि बिरामीले अस्पताल जानु पर्दैन। बिरामीले आफै घरमै डायलाइसिस गर्नसक्छ।
२. ठाउँ र समयकोसमस्या हुँदैन।बिरामीले आफ्नो दैनिक काम गर्न सक्छ र हिंडडुल पनि गर्नसक्छ।
३. पानी र खाने कुरा बार्नु पर्दैन।
४. यो प्रक्रिया कुनै मेसिन बिनानै गरिन्छ। सुईको दुखाइबाट बिरामीलाई मुक्तिहुन्छ।
५. उच्चरक्तचाप, सुन्निनु, रक्तअल्पता, आदिको उपचार सरलतापूर्वक गर्न सकिन्छ। यो औषधीहरूको मात्रामा पनि कमी आउँछ।
पेरिटोनियल डायलाइसिसका मुख्य फाइदासमयको र हेमोडायलाइसिस जस्तामेसिन सँगबाँधिएर बस्नु नपर्ने स्वतन्त्रता हो।
पेरिटोनियल डायलाइसिसका बेफाइदा
१. योउपचा रमहँगो पर्न सक्छ। तर हेमोडायलाइसिसको लागि अस्पताल आउने जाने खर्च, विरामीको साथीको खर्च आदि जोड्ने हो भने यो हेमोडायलाइसिस भन्दा महँगो हुन्न।
२. यसमा पेरिटोनाइटिस हुनेखतरा रहन्छ।
३. प्रत्येक दिन तीन – चार पटक सावधानी पूर्वक झोल फेर्नु पर्छ। यसरी हरेक दिन सहीसमयमा सावधानी पूर्वकसी. ए. पी. डी. गर्नुपर्ने हुनाले परिवारजनले झन्झट मान्न सक्छन्।
४. पेरिटोनियल डायलाइसिसका लागिझोलको थैलीलाई सम्हाल्नु र त्यसलाई व्यवस्थित गर्नुपर्ने हुन्छ।