शल्यक्रियामा देखिएको ढिलाइलाई घटाउन स्वास्थ्यमन्त्रीको निर्देशन

    • स्वास्थ्य पेज

  • २७ फाल्गुन २०८०, आईतवार

नेपालगन्जः नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गरेसँगै उहाँले तीनवटा निर्णयहरु पनि गर्नुभएको छ ।

उहाँले संघीय तथा प्रादेशिक अस्पतालहरुमा शल्यक्रियामा देखिएको ढिलाइलाई घटाउन छिटोछरितो बनाउन आवश्यक निर्देशन दिने निर्णय गर्नुभएको छ ।

यसैगरी डिजीटल प्रविधिको प्रयोगलाई प्रभावकारी बनाइ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न निर्देशन समेत उहाँले दिनुभयो । यस्तै नयाँ स्वास्थ्य सेवा ऐनका सन्दर्भमा गठित कार्यदलको प्रतिवेदन स्वीकृत गर्ने समेत निर्णय गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष समेत रहेका यादवलाई स्वास्थ्मन्त्री नियुक्त गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान पद तथा गोपनीयताको शपथ खुवाउनुभएको थियो । त्यस लगत्तै उहाँले मन्त्रालय पुगेर पद सम्हाल्नु भएको हो ।

  • २७ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech