नेपालगन्ज: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंलाई बिदाइ गर्ने निर्णय गरिएको छ। बिहिबार बसेको मन्त्री परिषद्को बैठकले उक्त निर्णय गरेको हो।
शनिबारदेखि अवकाशमा जान लागेकी उनलाई मन्त्री परिषद्ले बिहिबारै निर्णय गरेर बिदाइ गरेको हो । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय भएको छ। यसअघि पनि उनी प्रवक्ता नै हुनुहुन्थ्यो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई संयुक्त राष्ट्रसंघको कमिसन अन द स्टाटस अप वुमेनको को ६८ औं सत्रमा भाग लिन जान स्वीकृति दिने निर्णय गरिएको छ