काठमाडौंः नयाँ समीकरण निर्माण भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एकीकृत समाजवादीको भागमा परेको छ। नेकपा एमालेका पदम गिरीले उक्त मन्त्रालय चाहना राखेपनि कानुन तथा न्याय मन्त्रालय पाउने हुनु भएको छ ।
एकीकृत समाजवादीबाट नामसूची अझै तय भइसकेको छैन। उक्त पार्टी स्रोतका अनुसार मेटमणि चौधरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने सम्भावना उच्च छ। दाङ क्षेत्र नं.१ बाट निर्वाचित चौधरी कुनै नाटकीय फेरबदल नभए स्वास्थ्यमन्त्री बन्ने पक्का जस्तै छ ।
एकीकृत समाजवादीको भागमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालय परेको हो। एकीकृत समाजवादीबाट धनबहादुर बुढा, प्रेम आले, किसन श्रेष्ठले मन्त्रीमा आकांक्षा राख्नुभएको छ ।