नेपालगन्जः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्नु भएको छ । नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई सामेल गरेर प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्नु भएको हो ।
यी तीनै जना मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । नवनियुक्त तीनै जनाले विना विभागीय मन्त्रीको रूपमा शपथ लिनुभएको छ।