काठमाडौं: डा सन्दुक रुइतलाई नागरिक अभिनन्दन गरिएको छ । डा.रुइतलाई नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले नागरिक अभिनन्दन गरेको हो ।
आँखाको हेरचाह र मानवीय सेवामा विशेष योगदान पुर्याएको भन्दै उहाँलाई नागरिक अभिनन्दनसहित सम्मान गरिएको संघले जनाएको छ । त्यहाँ आयोजित तीन दिने निःशुल्क आँखा शिविरको समापन कार्यक्रममा शुक्रबार साँझ उहाँलाई अभिनन्दन गरिएको हो ।
शिविरमा उहाँ नेतृत्वको टोलीले एक सय ५४ जनाको मोतियाविन्दुको शल्यक्रिया समेत गरेको थियो ।
ताप्लेजुङमा जन्मनुभएका डा.रुइत नेपाल र नेपाल बाहिरका लाखौँ व्यक्तिको दृष्टि फर्काउने समर्पणका कारण प्रख्यात हुनुहुन्छ।