न्युट्रासिटिकल्स बिरामीलाई सिफारिस नगर्न ट्रमा सेन्टर र भरतपुर अस्पतालको निर्देशन

    • स्वास्थ्य पेज

  • १८ फाल्गुन २०८०, शुक्रबार

चितवन: चितवन स्थित भरतपुर अस्पतालमा न्यूट्रास्यूटिकल्स \ फूड सप्लिमेन्टहरु बिरामीलाई सिफारिस गर्न नपाईने भएको छ । औषधि व्यवस्था विभागमा दर्ता नभएका फूड सप्लिमेन्टहरु सिफारिस गर्न नपाईने अस्पतालले चिकित्सकहरुलाई सूचना मार्फत जानकारी गराएको हो ।

अस्पतालको औषधि तथा उपचरात्मक समिति (ड्रग एण्ड थेराप्यूटिकल कमिटी)को निर्णय अनुसार यस्तो निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ । औषधि व्यवस्था विभागमा दर्ता नभएका भिटामिन र फूड सप्लिमेन्टहरु किन्न विरामीलाई सिफारिस नगर्न भरतपुर अस्पतालले चिकित्सकहरुलाई चेतावनी दिएको छ ।

त्यस्ता सप्लीमेन्ट सिफारिस गरेको पाईए अस्पताल प्रशासनले कारवाही गर्ने समेत सूचनामा उल्लेख छ । यस्तै ट्रमा सेन्टर काठमाडौंले समेत विभागमा दर्ता नभएको डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल सिफारिस नगर्न चिकित्सकहरुलाई निर्देशन दिएको छ ।

ट्रमा सेन्टरले एक सूचना जारी गर्दै औषधी व्यवस्था विभागमा दर्ता र स्वीकृत भएका अत्यावश्यक बाहेक कुनै पनि खाद्यपूरक सामाग्रीहरु (न्यूट्रास्युटिकल) सिफारिस नगर्न र नगराउन भनेको हो।

हेर्नुहोस् सूचना

  • १८ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech