प्राचीन रोममा सन् १ सय २१ देखि १ सय ८० सम्म मार्कस ओरिलियसले शासन गरे । उनलाई रोमन साम्राज्यमा आफ्ना प्रजाको ख्याल राख्ने सम्राटका रूपमा लिइन्छ । उनी आफ्नो दार्शनिक सोचका लागि पनि प्रसिद्ध थिए । उनी डायरी लेख्थे, ‘द मेडिटेसन्स’ नामक पुस्तकमा ती डायरी संग्रहित छन् । त्यसमा उनले खुसी रहने विभिन्न तरिकाबारे उल्लेख गरेका छन् ।
– आफ्नो नियन्त्रणमा रहेका कुरामा मात्रै ध्यान दिनुस् । तपाईंको नियन्त्रण केवल दुई कुरामा छन् । तपाईं के सोच्नुहुन्छ र त्यस सोचलाई कसरी उतार्नुहुन्छ ।
– जीवन कुस्ती खेलजस्तै हो । यसमा हरेक पल सतर्क रहनुपर्छ । दुर्घटना प्रायः अचानक नै हुन्छ । लडिसकेपछि उठ्न नसक्ने गरी कमजोर हुनुहुँदैन । अप्ठ्यारो पर्दा लड्न सक्ने खुबी राख्नुपर्छ । समस्यालाई सहज रूपमा लिनुपर्छ । सफल मानिसको जीवनमा पनि असफलता आउँछन् । दुर्घटना हुन्छन् । तर, उनीहरू त्यस परिणामका लागि तयार हुन्छन् र सहज रूपमा सामना गर्छन् ।
– तपाईंसँग जे छ त्यसप्रति कृतज्ञ रहनुपर्छ । हरेक मानिससँग धेरै कुरा हुन्छन् । तर, उनीहरू ती कुरालाई भुलेर नभएका कुरामा मात्रै ध्यान केन्द्रित गर्छन् र असन्तुष्ट बन्छन् । शान्ति तपाईंभित्रै छ ।