मलमपट्टीमा हाडजोर्नी तथा मेरुदण्ड समस्या सम्बन्धी निःशुल्क परामर्श शिविर

    • स्वास्थ्य पेज

  • ११ फाल्गुन २०८०, शुक्रबार

नेपालगन्ज: नेपालगन्ज स्थित मलमपट्टी क्लिनिक्सले शनिवार हाडजोर्नी सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । खासगरी मेरुदण्डमा देखापर्ने समस्यालाई लक्षित गरि शिविरको आयोजना गरिएको जनाईएको छ ।

मेरुदण्डको समस्या विश्वमा नै शारीरिक अशक्तताको प्रमुख कारण बन्दै गइरहेको तर आम मानिसमा भने चेतनाको कमी भएकै कारण उपचारमा खासै ध्यान नदिएको भन्दै यसबारे चेतना फैलाउन नि:शुल्क विशेषज्ञ परामर्श सेवा प्रदान गर्न लागिएको क्लिनिक्सका कार्यकारी अधिकृत शुलभ आचार्यले जानकारी दिनुभयो ।

मेरुदण्डको समस्या सँगसँगै कम्मर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, जोर्नी दुख्ने, नसा च्यापिएको, वाथ रोग र हड्डी खिइएको लगायतका समस्या भएका बिरामीले समेत सेवा लिन सक्ने आयोजकले जनाएको छ । बिरामीले प्रयोगशाला परिक्षण गर्नुपरे छुटको व्यवस्था मिलाईएको बताईएको छ ।

शिविरमा हाडजार्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डा.प्रकाश बहादुर थापाले सेवा दिनुहुनेछ । मेरुदण्ड सम्बन्धी समस्या धेरै मानिसमा देखिन थालेको र यससम्बन्धी समस्याले विभिन्न पेशाका व्यक्तिलाई प्रभावित पारेको भन्दै डाक्टर थापाले लापरवाही नगरी विशेषज्ञलाई देखाउन सबैमा आग्रह गर्नुभएको छ ।

कुनै कुनै मेरुदण्डको समस्या समयमै उपचार भएन भने प्यारालाइसिस हुन सक्ने खतरा हुदाँ समस्या हुने बित्तिकै डाक्टरसँग परामर्श लिनु जरुरी रहेको भन्दै डा.थापाले नि:शुल्क शिविर मार्फत यसको फाइदा लिन आग्रह समेत गर्नुभएको छ । डा.थापा ‘Association Of Spine Surgeon Of Nepal’ को लुम्बिनी र कर्णाली प्रदेश संयोजक समेत हुनुहुन्छ ।

उहाँले मेरुदण्ड समस्याको चेतना बृहत रुपमा फैलाउन नेपालगन्जमा चैत्रको पहिलो साता कार्यक्रमको आयोजना गरिएको समेत जानकारी दिनुभएको छ ।

  • ११ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech