न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा लुम्विनी प्रादेशिक अस्पताल नेपालकै उत्कृष्ट

    • स्वास्थ्य पेज

  • १० फाल्गुन २०८०, बिहीबार

नेपालगन्जः बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै प्रथम भएको छ । सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा सो अस्पताल तेस्रोपटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्युनतम सेवा मापदण्ड मूल्यांकन समितिले जनाएको छ ।

न्यूनतम मापदण्ड मूल्याङ्कनमा अस्पतालले यो वर्ष ८८ प्रतिशत अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष ८० प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको यस प्रादेशिक अस्पतालले यो वर्ष थप अंक प्राप्त गरेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा.सुदर्शन थापाले बताउनुभयो । लुम्बिनी प्रदेश स्वास्थ निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्वेक्षण पश्चात दुई दिनसम्म बुटवलमा अयोजना गरेको मूल्याङ्कन तथा समीक्षा गोष्ठीमा अस्पताल प्रथम भएको जानकारी गराइएको हो ।

मूल्याङ्कन समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय दाङ र निक सिमोन्स इनिस्टिच्युट काठमाडौँ रहेको थियो । लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्युठान, स्याङ्जा, रुकुम, रोल्पा लगायतका जिल्लाहरुबाट उपचारका लागि बिरामीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्दछन् ।

  • १० फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech