कोहलपुर: बाँकेको कोहलपुरमा लागु औषध दुव्र्यसन विरुद्ध सडक नाटक प्रर्दशन गरिएको छ । सामुदायिक प्रहरी साझेदारी र होप फर चिल्ड्रेनको आयोजना तथा ज्ञान ज्योती माविका विद्यार्थीहरुको सहभागितामा कोहलपुरका बिभिन्न भागमा ¥याली गर्दै कोहलपुरको न्युरोड चोकमा लागु पदार्थ दुव्र्यसनि विरुद्ध सडक नाटक प्रर्दशन गरिएको हो । लागु पदार्थ दुब्र्यसनिले व्यक्ति, परिवार र समाजलाई कति असर गरिरहेको छ भन्ने दृश्यहरु नाटक मार्फत मञ्चन गर्दै ज्ञान ज्योती माविका विद्यार्थीहरुले समतामुलक सभ्य समाज निर्माण गर्न युवाहरु कुलतमा हैन सिर्जनात्मक काममा लाग्नु पर्ने सन्देश दिएका थिए ।
आजका युवाहरु कसरी कुलतको लतमा फस्छन भन्ने सन्देश सहितको नाटक मञ्चनलाई ईलाका प्रहरी कार्यालयका महिला प्रहरीले समेत साथ दिएका थिए । मानिसमा लत सिर्जना गरी दुव्र्यसन तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ भन्ने कुराको बोध गराउन नाटक प्रभावकारी बनेको थियो ।
लागु पदार्थ दुब्र्यसनि बिरुद्धका बिभिन्न प्ले कार्ड सहित नगरका बिभिन्न भाग परिक्रमा गरि आयोजना गरिएको सडक नाटक कार्यक्रममा लागु पदार्थ सेवनबाट हुने बेफाईदा, यसले गर्ने असर र कानुनी ब्यबस्थाकाबारे प्रहरी कर्मचारीहरुले प्रवचन समेत दिएका थिए । पछिल्लो समय बाँके जिल्लामा लागु औषधको प्रयोग र कारोवार दुवै बढ्दै गएको अभियान्ताहरु बताउँछन् । भारतीय खुलला सीमानाका बाँकेका लागि लागु औषध नियन्त्रणको प्रमुख चुनौति बनेको बाँकेका प्रहरी प्रमुख एसपी सुभाष चन्द्र बोहराले बताउनुभयो ।