लक्ष्मी सरस्वती पोलिक्लिनिकमा आज निःशुल्क मृगौला जाँच शिविर

    • स्वास्थ्य पेज

  • ७ फाल्गुन २०८०, सोमबार

नेपालगन्ज: लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर नेपालगन्जले आज सोमबार निःशुल्क मृगौला जाँच शिविरको आयोजना गरेको छ । प्रजातन्त्र दिवसको अवसरमा निःशुल्क मृगौला जाँच शिविरको आयोजना गरिएको संस्थाले जनाएको हो ।

नेपालगञ्ज गणेशमान चोकमा रहेको लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रालिमा आयोजना गरेको शिविरमा कन्सल्टेन्ट फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डा.सौरभ हमालले चेकजाँच तथा परामर्श प्रदान गर्नुहुनेछ ।

शिविरमा ओपिडी सेवा, ल्याब (मृगौला सम्बन्धि), सुगर र पिसाबको जाँच निःशुल्क तथा अन्य जाँचहरुमा २५ प्रतिशत छुट दिइने सेन्टरले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत प्रजातन्त्र दिवसको अवसर पारेर निःशुल्क मृगौला जाँच शिविर आयोजना गरिएको जनाईएको छ ।

 

  • ७ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech