नेपालगन्ज-४ मा महिला स्वास्थ्य शिविर, २३६ जनाले सेवा लिए

    • स्वास्थ्य पेज

  • ५ फाल्गुन २०८०, शनिबार

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा शनिवारदेखि महिला स्वास्थ्य शिविर सुरु भएको छ । वडा कार्यालयको सहयोग तथा जनसेवा फार्मेसीको आयोजनामा दुई दिने शिविरको आयोजना गरिएको हो ।

उक्त शिविरमा खासगरी महिलाहरुको पाठेखरको मुखको क्यान्सरको चेकजाँच गरिएको वडा अध्यक्ष अध्यक्ष गोपाल पुनले बताउनुभयो ।

पहिलो दिन शनिवार २३६ जनाले सेवा लिएका छन् । तीमध्ये १० जनामा पोजेटिभ देखिएको पनि वडा अध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय महिलाहरुमा क्यान्सरको समस्या भयावह बन्दै गएको भन्दै स्वास्थ्य चेकजाँच गर्न सुझाव दिनुभयो ।

केही दिन अघि क्यान्सरकै कारण वडामा कार्यरत एक जना महिला कर्मचारी गुमाउनु परेको स्मरण गरेका उहाँले आफ्नो स्वास्थ्यबारे सचेत रहन आग्रह गर्नुभयो ।

  • ५ फाल्गुन २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech