भेरी अस्पतालका रेडियोलोजी विभाग प्रमुख डा.विश्वनाथ शर्मा एघारौं तहमा बढुवाका लागी सिफारिस

    • स्वास्थ्य पेज

  • २ फाल्गुन २०८०, बुधबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जका रेडियोलोजी विभाग प्रमुख डा.विश्वनाथ शर्मा एघारौं तहमा बढुवाका लागी सिफारिस हुनु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिको सचिवालयले स्वास्थ्य सेवा तर्फका ९ जना चिकित्सक र २ जना नर्सिङ अधिकृत एघारौं तहमा बढुवाका लागी सिफारिस गर्नेक्रममा शर्मा पनि सिफारिसमा पर्नुभएको हो ।

बढुवा समितिले लोक सेवा आयोगको प्रक्रिया अनुसार योग्यताक्रमका उम्मेदवारहरुलाई कार्यक्षमताको मूल्याङ्कन प्रक्रियाद्वारा हुने बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको जनाएको छ । डा. शर्मा विगत १० वर्षदेखि भेरी अस्पताल रेडियोलोजी विभागमा काम गर्दै आउनुभएको छ ।

प्रमुख कन्सल्टेण्टहरु सेवा समुह अन्तर्गत रेडियोलोजीमा रेडियो डाइग्नोसिसमा डा विश्वनाथ शर्मा, ग्यास्ट्रो इन्टेरोलोजिकलमा सर्जरीमा डा जैनेन्द्र कुमार चौधरी, न्यूरो सर्जरीमा डा निलम कुमार खड्का, अर्थोपेडिक सर्जनमा डा ओम प्रसाद अर्याल तथा ओटोरिनोल्यारिङ्गोलोजीमा डा दिपेन्द्र गौतम र डा शैलेन्द्र विक पोखरेल सिफारिसमा पर्नुभएको हो ।

एनेस्थेसियोलोजीमा डा शुभाष रेग्मी, अब्स्टेट्रिक्स एण्ड गाइनोकोलोजिमा डा राम नरेश पंडित र डा विनोद सिंह बढुवाका लागि सिफारिस भएका छन्। यसैगरी, जनरल नर्सिङमा सरिता कार्की र मन्जु यादव बढुवाका लागि सिफारिस भएको बढुवा समितिले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

समितिले  डेन्टिष्ट्री समूह/ जनरल डेन्टल उपसमूह तर्फ माग पद १ (एक) का लागि दुईजना उम्मेदवारको दरखास्त पेश भएकोमा उनीले पेश गरेको शैक्षिक योग्यता स्वास्थ्य सेवा नियमावली २०५५ अनुसूची ७ बमोजिम हासिल गरेको नदेखिएकोले सिफारिस नगरेको सूचनामा उल्लेख छ।

हेरौं सूचना

badhuwa suchana.jpg

  • २ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech