मासु व्यवसायीलाई स्वच्छ मासु उत्पादन तालिम

    • स्वास्थ्य पेज

  • १ फाल्गुन २०८०, मंगलवार

नेपालगन्ज: नेपालगन्जका मासु व्यवसायीलाई स्वच्छ मासु उत्पादन तालिम दिन थालिएको छ । उपभोक्ताको भान्सासम्म स्वस्थ र गुणस्तरीय मासु पुगोस् भन्ने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिकाले मासु व्यवसायीलाई स्वच्छ मासु उत्पादन तालिम दिन सुरु गरेको हो ।

पशु सेवा शाखाको आयोजनामा तालिम दिइएको हो । पहिलो चरणमा वडा नम्बर ४ का १५ जना मासु व्यवसायीलाई तीन दिने तालिम दिइएको पशु सेवा शाखा प्रमुख लक्ष्मी शाहीले बताउनुभयो।

तालिममा राष्ट्रिय पशु प्रजनन कार्यालय बाँकेका पशु विकास अधिकृत डा. मिलनकुमार चौधरी, नेपालगन्ज उपमहानगरपालिकाका पशु स्वास्थ्य प्राविधिक एवम् शाखा प्रमुख शाही, पशु सेवा तालिम केन्द्रका प्राविधिक सहायक मनोज शर्मा, नेपालगन्ज उपमहानगरपालिकाका पशु स्वास्थ्य प्राविधिक अच्युत गौतम र नायव पशु सेवा प्राविधिक रिता रानाले स्वच्छ मासु उत्पादनका लागि आवश्यक ज्ञान, तरिका र प्रक्रियाबारे प्रशिक्षित गर्नु भएको थियो ।

तालिम अनुगमनमा पुग्नु भएका नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले तालिममा सिकेका विषयबस्तु र उपयोगिताबारे प्रशिक्षार्थीहरुसंग साक्षात्कार गर्नु भयो । सहभागीले तालिम उपयोगी भएको बताएका छन् । उनीहरूले सिकेका कुरा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • १ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech