अन्तर्राष्ट्रिय कण्डम दिवसमा नेपालगन्जमा कण्डम प्रदर्शन र वितरण (फोटो फिचर)

    • स्वास्थ्य पेज

  • १ फाल्गुन २०८०, मंगलवार

नेपालगन्जः सुरक्षित यौन सम्पर्क र त्यसमा कण्डमको भूमिकाबारे सचेतना फैलाउने उद्देश्यसहित मंगलवार बाँकेमा पनि नेपालगन्जमा अन्तर्राष्ट्रिय कण्डम दिवस मनाईएको छ । हरेक वर्ष फेब्रुअरी १३ का दिन मनाइने कण्डम दिवसका अवसरमा नेपालगन्जमा कण्डम प्रदर्शन, कण्डम वितरण तथा सचेतनामुलक अन्तरक्रिया गरिएको एएचएफ परामर्शकर्ता बीहिता भट्टराईले जानकारी दिनुभयो ।

एचआइची एड्सका क्षेत्रका क्रियाशील संघसंस्थाहरुको आयोजनामा वसपार्कमा कण्डम प्रदर्शनसँगै सर्वसाधरण, सवारी चालकलगायतलाई कण्डम वितरण गरिनुका साथै यसको फाइदा र आवश्यकताबारे जानकारी समेत गराइएको थियो । कण्डम प्रदर्शन तथा वितरण पछि भेरी अस्पतालमा एचआइभी संक्रमित युवाहरुसँग अन्तरक्रिया समेत गरिएको थियो । एआरटी परामर्शकर्ता इन्द्र सैनीले सहजीकरण गरेको उक्त कार्यक्रममा कण्डमको प्रयोगबारे जानकारी गराइएको थियो ।

कण्डम पुरुषले प्रयोग गर्ने एक मात्र अस्थायी गर्भनिरोधक साधन हो र यसले यौन रोगको संक्रमण हुनबाट पनि जोगाउँछ । अर्थात कण्डम सुरक्षित यौन सम्पर्कको सबैभन्दा सहज, सुलभ र सजिलो माध्यम हो । कण्डमले सहवासको बेलामा वीर्य निस्कदा यसमै जम्मा हुने र महिलाको पाठेघरमा पुग्न नदिई गर्भ रहनबाट राक्ने काम गर्छ । कण्डम पुरुषको उत्तेजित लिङ्गमा लगाइने एक प्रकारको रबरको पातलो खोल हो । यसले शुक्रकिटलाई महिलाको पाठेघरमा बस्न नदिएर गर्भ रहनबाट बचाउने गर्छ ।

पुरुषले यदि हरेक पटक यौन सम्पर्क गर्दा सही तरिकाले कण्डम प्रयोग गर्ने हो भने यसले गर्भ राक्नमा ९८ प्रतिशत प्रभावकारी रहने चिकित्सकहरुले बताउने गरेका छन् । यस्तै कण्डमको प्रयोगले एचआइभीसहितका यौन रोगबाट बच्न सकिन्छ । अनिच्छित गर्भधारण हुनबाट बचाउने, सुरक्षित यौन सम्पर्क, प्रयोग गर्न सजिलो, सजिलैसँग किन्न पाइने, एचआईभी–एड्स जास्ता यौन रोग लाग्नबाट बचाउने काम गर्छ ।

यस्तै कण्डमको प्रयोग गर्दा सावधानी भने अपनाउनु पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । एकै पटकमा दुईवटा कण्डम प्रयोग नगर्ने, यौन सम्पर्कको समयमा फुट्ने, चप्लिने जस्ता समस्या देखिने भएका कारण सही तरिकाले प्रयोग गर्ने र प्रयोग गरिसकेपछि कण्डमलाई माटो मुनि गाड्ने वा जलाउने गर्नुपर्छ ।

  • १ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech