नुनको बारेमा पत्रकारसँग अभिमुखिकरण

    • स्वास्थ्य पेज

  • २६ माघ २०८०, शुक्रबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका र साल्ट टे«डिङ कर्पोरेशन प्रदेश कार्यालय नेपालगन्जले फ्रेबुअरी महिनालाई आयोडिन महिनाका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले स्वास्थ्य संस्थाहरुमा सन्देशमूलक ब्यानर राख्नुका साथै सेवाग्राहीहरुलाई नुनको महत्वबारे बुझाउने काम गरिरहेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । यस्तै साल्ट साल्ट ट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालय नेपालगन्जका प्रमुख मनोज चौधरीले स्वास्थ्य संस्था, स्कुल र हाट बजारहरुमा तुल ब्यानर लगाउने काम गरिरहेको जानकारी दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाले आज आयोडिन महिनामा गर्ने कार्य र नुनको बारेमा पत्रकारसँग अभिमुखिकरण गरेको हो । त्यसक्रममा सम्वद्ध सरोकारवालाहरुले पश्चिम नेपालका हिमाली र पहाडी जिल्लामा समेत आयोडिनयुक्त नुनको सेवन गर्नेहरु बढ्दै गएको बताउनुभयो । आयोडिनयुक्त नुन खानेको संख्या ९० प्रतिशत पुगेको सरोकारवालाहरुको भनाइ छ । प्रमुख चौधरीले पछिल्ला वर्षमा आयोडिनयुक्त नुन खानेको संख्या बढेको जानकारी दिनुभयो ।

चेतनामुलक कार्यक्रमहरुले गर्दा ९० प्रतिशत भन्दा बढीले आयोजित नुन सेवन गरिरहेको उहाँको भनाइ छ । उनले साल्ट साल्ट ट्रेडिङको नेपालगन्जस्थित कार्यालयबाट कर्णालीका जुम्ला, हुम्ला, कालिकोट, मुगु र डोल्पासँगै जाजरकोट, रोल्पा, रुकुम पश्चिम र पूर्व गरेर नौ जिल्लामा हरेक वर्ष ३२ देखि ४० हजार क्विन्टल नुन ढुवानी गर्दै आएको बताउनुभयो ।

महाशाखाका प्रमुख चन्दले पनि केही वर्ष पहिलेसम्म धेरैले आयोडिनयुक्त नुन खान नमान्ने अवस्था रहेकोमा अहिले सो अवस्था फेरिएर अधिकांशले खान थालेको बताउनुभयो । त्यसका लागि पहाडी र हिमाली जिल्लामा धरै मिहिनेत गर्नुपरेको प्रमुख चन्दले बताउनुभयो । कार्यक्रममा नेपालगन्ज उपमहानगर स्वास्थ्य शाखाका पोषण फोकल पर्सन तेज ओलीले आयोडिनयुक्त नुन सेवनका फाइदाबारे विस्तृत रुपमा जानकारी गराउनुभयो ।

  • २६ माघ २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech