नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिका–८ पेरानी स्थित जनशक्ती माविमा योग शिक्षा कार्यक्रम माध्यामिक विद्यालयमा योग शिक्षा कार्यक्रम गरिएको छ । राप्तीसोनारी गाउँपालिका आयुर्वेद शाखाको आयोजनामा कार्यक्रम भएको हो । वडा अध्यक्ष शालिकराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई योग शिक्षाको आवश्यकता र महत्वबारे जानकारी गराइएको आयुर्वेद शाखा प्रमुख अञ्जना थारुले जानकारी दिनुभयो ।
कार्यक्रम बोल्दै अध्यक्ष डाँगीले योग शिक्षा र आयुर्वेदबारे विद्यार्थीहरुलाई जानकारी गराउनु आवश्यक रहेको बताउनुभयो । उहाँले योगले विद्यार्थीहरुको स्वास्थ्यलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले योगका माध्यमबाट विद्यार्थीहरुको सिकाईलाई समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
विद्यालयका निमित्त प्रअ अर्जुन खनालले कक्षा ८, ९ र १० का करिव एक सय जना विद्यार्थीहरुलाई योग शिक्षा प्रदान गरिएको जानकारी दिनुभयो । योग प्रशिक्षक गौरी शंकर मण्डलले विद्यार्थीहरुलाई योग शिक्षाबारे जानकारी गराएका थिए । त्यसैगरी स्वस्थ जीवनशैली, स्थानीय स्तरमा पाइने जडिबुटीको पहिचान, आवश्यकता र महत्व तथा तनाव व्यवस्थापनका बारेमा पनि विद्यार्थीहरुलाई जानकारी गराइएको शाखा प्रमुख थारुले बताउनुभयो । शाखा प्रमुख थारुसहित रोशन शर्मा, कविता खत्रीले पनि विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।