स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा श्रेष्ठ नियुक्त

    • स्वास्थ्य पेज

  • २५ माघ २०८०, बिहीबार

नेपालगन्जः स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मुक्तिराम श्रेष्ठ नियुक्त हुनु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

स्वास्थ्यमन्त्री बस्नेतले डा श्रेष्ठलाई डेढ महिनाअघि मात्रै बोर्डको सदस्यमा नियुक्त गर्नुभएको थियो ।

यसअघिका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई स्वास्थ्यमन्त्री बस्नेतले हटाएसँगै अहिलेको लागि डा. श्रेष्ठलाई निमित्तको जिम्मेवारी दिइएको हो । डा.श्रेष्ठ नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।

  • २५ माघ २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech