डाक्टरको लाइसेन्स परीक्षामा ५६ प्रतिशत पास

    • स्वास्थ्य पेज

  • २२ माघ २०८०, सोमबार

नेपालगन्जः नेपाल मेडिकल काउन्सिलले डाक्टरहरुको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले यही माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको ६८ औँ लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत चिकित्सक उतीर्ण भएका छन् ।

मेडिकलतर्फ ५५.९६ र डेन्टलतर्फ ६१.०५ गरी समग्रमा ५६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।
परीक्षामा मेडिकलमा एक हजार ७३७ र डेन्टलतर्फ २८५ गरी दुई हजार २२ परीक्षार्थी सहभागी थिए । यसभन्दा अगाडि ६७ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा भने ४६ प्रतिशत मात्रै परीक्षार्थी उतीर्ण भएका थिए ।

परीक्षाको नतिजामा चित्त नबुझे परीक्षार्थीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पुनर्योगका लागि एक हजार पाँच सय रुपैयाँ दस्तुर बुझाई परीक्षार्थीको नाम, रोल नम्बर लेखी काउन्सिलको इमेलमा आवेदन दिन सक्ने जनाएको छ ।

परीक्षामा उतीर्ण भएका परीक्षार्थीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र दर्ता प्रमाणपत्र लिन अनलाइन आवेदन दिनुपर्ने छ । आवेदन दिएको मितिले १५ दिन पछि प्रमाण पत्र तयार हुने काउन्सिलले जनाएको छ ।

  • २२ माघ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech