हुम्लामा पुनः हिमपात, चिसो बढेकाले जनजीवन कष्टकर

    • स्वास्थ्य पेज

  • २१ माघ २०८०, आईतवार
हुम्लामा पुनः हिमपात, चिसो बढेकाले जनजीवन कष्टकर

हुम्ला: हुम्लामा पुनः आज बिहानदेखि हिमपात भइरहेको छ । यस वर्ष जिल्लामा चौथोपटक हिमपात भएको हो । शनिबार दिउँसो घाम लागेको भए पनि राति एक्कासी मौसममा फेरबदल भई बाक्लो बादल लागेर आज बिहानदेखि हिमपात भइरहेको छ ।

उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा अत्यधिक चिसो बढेकाले जनजीवन कष्टकर बनेको लिमी स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी गोखर भण्डारीले बताउनुभयो । चिसोका कारण घर बाहिर निस्कन र हिँड्डुल गर्न समस्या भएको त्यहाँका स्थानियले बताएका छन् ।

यसैबिच आज बिहानैदेखि हिमपात हुँदा नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान हुन सकेका छैनन् भने हुम्लाबाट नेपालगञ्ज, सुर्खेत जाने यात्रु सिमकोटमै रोकिएका छन् ।

  • २१ माघ २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech